उपत्यकामा थपिए कोरोनाका ६२ नयाँ संक्रमित

प्रकाशित मिति:

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरका थप ६३ जना कोरोना संक्रमण पुष्टि भएको हो।

उनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका एक र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा संक्रमण पुष्टि भएको हो।त्यस्तै, स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जना, ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ। पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ।

विआईडिएच ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २७ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १४ र ललितपुरको एक जनामा संक्रमण पुष्टि भएको हो।