कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं २१ साउन  । कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।@onlinekhabar