एनआरएनए अमेरिकाज क्षेत्रको दोश्रो क्षेत्रीय भेला सेप्टेम्बर ५, ६ मा हुँदै

प्रकाशित मिति:

गैरआवासीय नेपाली संघ एनआरएनए को अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला २०२० सेप्टेम्बर ५ र ६ २०२० मा हुने भएको छ। एनआरएनएको बैधानिक ब्यबस्था र प्रचलन अनुसार संघका हरेक क्षेत्रमा क्षेत्रीय भेला सके बार्षिक रुपमा नसके एक-कार्यकालमा एक पटक आयोजना गर्ने गरिएको छ। यसैबीच एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय भेला यो बर्ष सेप्टेम्बर ५-६, २०२० मा हुने भएको छ।
एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक आरसी राजन त्रिपाठीका अनुसार यो पटकको क्षेत्रीय भेलामा दोश्रो ज्ञान सम्मेलनको समेत आयोजना गरिएको छ।

२ दिन सम्म हुने सो कार्यक्रम कोरोनाको महामारीले गर्दा संघको आफ्नै अनलाइन प्रबिधिबाट संचालन गरिने छ।कार्यक्रमको उद्दघाटन देखि अरु सम्पूर्ण सेशनहरु संघको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिनेछ। कार्यक्रमको नियमित अपडेटका लागि संघको मिडिया एण्ड पब्लिकेशन कमिटीले गर्नेछ। यसका लागि हामी तयार छौं, प्रवक्ता डिबी क्षेत्रीले बताउनु भयो। कार्यक्रममा बिशेष गरि महिलाहरुको फोरम, युवाहरुको फोरम, क्षेत्रका एनसीसीहरुको प्रस्तुति, अमेरिकाज क्षेत्रीयक संयोजक राजन त्रिपाठीको योजना प्रस्तुत गरिने छ। त्यसैगरी अन्य क्षेत्रका क्षेत्रीय संयोजकहरुको प्रस्तुति र संघका विभागीय प्रस्तुति प्रस्तुति समेत समेटिने योजना रहेको छ। ज्ञान सम्मेलन यसको अर्को पाटो हो। कार्यक्रमको बिस्तृत जानकारी छिट्टै प्रकासित गरिनेछ, आर्सी राजन त्रिपाठीले बताउनु भयो।कार्यक्रमबारे संघका महासचिव डा हेम राज शर्माले यसबाहेक संघका हरेक क्षेत्रीय भेलामा अन्तराष्ट्रिय परिषदका एजेण्डाहरु, नयाँ नीति तथा योजनाहरुका बारेमा समेत प्रस्तुत र छलफल हुने ब्यबस्था र चलन रहेको बताउनु भयो।

सो भेलाबाट पारित भएका कुराहरु, सुझावहरु समेटेर संघको केन्द्रिय बिधान सभा र ज्ञान सम्मेलनमा समेत समावेस गरिने छ, महासचिव डा शर्माले बताउनु भयो। कार्यक्रममा यो पटक संघका अध्यक्ष कुमार पन्तले संघको नयाँ एजेण्डा निशुल्क सदस्यता र डेलिगेटस संबन्धि नयाँ ब्यबस्था, बिधानको नयाँ मस्यौदा, संघको फाउण्डेशनको सुरुवात संबन्धि कुरा लगायतका बिषय बिशेष रुपमा छलफल र जानकारीको लागि प्रस्तुत गर्नुहुनेछ।-कृष्ण के सी-उपसंयोजक- मिडिया एण्ड पब्लिकेशन कमिटी तथा मानार्थ अन्तराष्ट्रिय परिषद सदस्य -गैरआवासीय नेपाली संघ  अगष्ट ५, २०२०