प्रदेश नं १ र गण्डकी प्रदेशमा भारी बर्षाको सम्भावना

प्रकाशित मिति:

काठमाडौं, साउन २२ : जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै, प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । यसैबीच, भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।