तिहारको तेस्रो दिन आज भगवान लक्ष्मी संगै गाईको पूजा पनि सम्पन्न

प्रकाशित मिति:

तिहारको तेस्रो दिन गाईतिहार आज हिन्दू नेपाली समुदायले गाईको पूजा गरेर मनाएका छन् । राष्ट्रिय जनावरसमेत रहेको गाईलाई हिन्दू नेपालीले गौमाताको रुपमा पूजासमेत गर्छन् । गाई तिहारको दिन गाईलाई माला लगाइदिने, पूजा गर्ने र मिठा खानेकुरा खान दिने गरिन्छ । हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । गाईले दूध दिनुका साथै खेत जोत्नका लागि गोरु पनि दिने भएकाले हिन्दू धर्ममा गाईको विशेष महत्व छ । गाईको पिसाब गहुँत पनि धार्मिक कार्यका लागि आवश्यक र पवित्र मानिन्छ । आयुर्वेदमा त गौमुत्रलाई अति महत्वपूर्ण औषधिका रुपमा प्रयोग गर्ने गरिन्छ । गाईतिहारको दिन हिन्दू समुदायले जनैपूर्णिमामा हातमा बाँधेको डोरो फुकालेर गाईको पुच्छरमा बाँध्ने प्रचलन रहेको छ छ । यता कावासोतीमा आज गाई पुजाको दिन गाई र्याली निकालिएको छ । स्थानीय जातको गाईको संरक्षण गर्नका लागि र्याली निकालिएको हो । नवलपुर जिल्लाको कावासोती ३ मा रहेको गौलाशाबाट थकाली चोक हुँदै कावासोतीको सभापति चोक, थाना चोक, फलफूल चोक हुँदै पुन गौशालासम्म र्याली निकालिएको थियो । आज गाई तिहारको दिन पारेर स्थानीय हिन्दु धर्मावलम्वीहरुले र्याली निकालेका थिए । भोलि गोबद्र्धन पूजाको दिन गौशालामा गोबरको पर्वत बनाएर पूजा गरिने जनाइएको छ । आजको कार्यक्रममा प्रदेश सभा सदस्य विष्णु लामिछाने लगायतको सहभागिता रहेको थियो ।
गाई र्याली स्थानीय जातको गाईको संरक्षणमा जोड दिन र गाई, गाईको मुत, दुध, गोबर लगायतको महत्वको बारेमा प्रचार गर्न तथा हिन्दु धर्ममा गाईको महत्व बारे प्रचार गर्न निकालिएको स्थानीय अगुवा लेखनाथ बस्यालले बताए ।