रुपन्देही विधार्थि संघको स्थापना

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


बिपिन नेपाल- बुटवल-२१ साउन , रुपन्देहीका विद्यार्थीहरुको हकहितको सुनिश्चितता र बिद्यार्थीको लागि गर्नु पर्ने सम्पूर्ण कार्यक्रम एवम् समाजसेवाको लागि रुपन्देही बिद्यार्थी संघ संस्थाको स्थापना भएको छ। मंगलबार बुटवल कालिकानगरमा बुटवलका विभिन्न स्कुलका विद्यार्थीहरुको भेलामा १५ सदस्यीय कार्यसमितिको संघको स्थापना गरिएको हो।

कार्यसमिति अन्तर्गत अध्यक्षमा कान्ति मा।बिधालय बाट मन्दिल खनाल उपाध्यक्षमा नवीन अौद्धौगिक माविका मधुसूदन नेपाल र महिला तर्फ कालिका मानव ज्ञान बिधालयकि एलिसा बेल्बासे ,सचिवमा आकृती पराजुली ,सहसचिव सुझल श्रेष्ठ ,कोषाध्यक्षमा समिर तामाङ ,संयोजकमा कुशल नेपाल सह संयोजक सविता पोखरेल र संघ कार्यक्रम प्रबन्ध निर्देशक आकाश भण्डारी त्यसैगरि सदस्यहरुमा सागर पोख्रेल ,रिसिराम भुसाल ,ललित कार्की ,सदिच्छा पौडेल , सिर्जना ज्ञवाली र अंकित मल्ल गरि १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। संस्थामा अहिले संस्थापक ३० जना विद्यार्थीहरुको सहभागीतामा स्थापना गरिएको छ । साथै संघले विभिन्न क्षेत्रबाट आधारित र संघको सल्लाहकारको निम्ति  बुटवल उपमहानगरपालिकाका प्रेस सल्लाहकार अमृत गिरि र पत्रकार कपिल ज्ञवालीलाई प्रेस सल्लाहकारमा राखिएको छ। त्यसैगरि मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं। ५ का सचिब र बुटवल उपमहानगरपालिका नगर योजना आयोगको सदस्य मेघराज भट्टराई र मदन भण्डारी एकेडेमी सैनामैनाका अध्यक्ष यमलाल खरेरलाई इ।सि।ए अतिरिक्त क्रियाकलाप सल्लाहकार, रोट्याक्ट क्लब अफ रामापिथेकसका पुर्व अध्यक्ष दिपक चापागाईं र ओम एजुकेशनका निर्देशक तथा समाजसेवी अशोक गौतमलाई सामाजिकसेवा कार्यक्रम अन्तर्गत सल्लाहकार राखिएको छ। ( Lumbini Non-Academic Institute Association ‘LuNIA’ –  को अध्यक्ष एवम् भाइ ईन्स्टिच्युटको निर्देशक निलम अधिकारीलाई बिद्यार्थी पठनपाठन अन्तर्गत कार्यक्रम गरि सम्पूर्ण सल्लाहकार रुपन्देही बिद्यार्थी संघमा आबद्ध गरेको छौ।

ूहाम्रो समाजमा विभिन्न प्रकारका धेरै क्लब, संघसस्था खुलिरहेको अवस्थामा ती संस्थाहरुले चौतर्फी काम गर्न नसकेकोले हाम्रो विद्यार्थीहरुको जिवनमा सरलताका साथै विद्यार्थीहरुको हकहित तथा अधिकार सुनिश्चितता गर्नको लागि यो नामको संघ खोलिएको हो भने हामी बिद्यार्थी भएर आफ्नो जिम्मेवारीबाट पनि पछि हत्नु हुदैन त्यसैले हामी समाज सेवामा विभिन्न कार्यहरु पनि गरिनेू नवनिर्वाचित अध्यक्ष मन्दिल खनाले जानकारी दिए।

रुपन्देहीमा विभिन्न संघसंस्था धेरै छ तर उनिहरुको आफ्नो छुट्टाछुट्टै जिम्मेवारी लिएको हुन्छ तर त्यो संस्थाहरुले आफ्नो केही सिमित कार्यहरु तोकिदिएको हुन्छन् र त्यो भन्दा बाहिरको केही कार्य नगरेको बताए । उनले यस संस्थाले बिद्यार्थीहरुको लागि पहिलो प्राथमिकता दिएर अन्य थुप्रै कार्यक्रमहरु भावी दिनहरुमा गरिने बताएका छन। यो संस्थामा द राईजिङ स्टुडेन्ट नामको बिद्यार्थी क्लबको एउटै उदेश्य रहेकोले राईजिङ स्टुडेन्टका सम्पूर्ण सदस्यहरुको राजीमा र अन्य थुप्रै बिद्यार्थीहरु सँग बसेको बैठकमा रुपन्देही बिद्यार्थी संघ खोलिएको बाताए। उक्त संघको अबको केही दिनमा जिल्ला बाट दर्ता गर्ने लागेको र बिश्वब्यापी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को कारणले बिधालय नखुलेको हुनाले नेपाल सरकारले जब बिधालय खोल्ने अनुमती दिए लगत्तै सम्पूर्ण रुपन्देहीको हरेक बिधालयमा यसको संघको बिधालय क्लब स्थापना गरि संघलाई अगाडि लैजानेू नवनिर्वाचित उपाध्यक्ष मधुसूदन नेपालले जानकारी दिए।

” यो क्लबले एक तर्फी विकास मात्र नभैइ समाजमा घटेको घटनाबारे आवाज उठाउने , सामाजिक विकासको लागि सधै लागू पर्ने , बिद्यार्थी हितको लागि लड्ने , दुखी, गरिबी , मानिसलाई पर्ने जुनसुकै बेला जस्तोसुकै अप्ठेरो परे पनि सधै सहयोगको निम्ति खटिने , अनाथ बालबालिका र बृद्धअबश्थामा रहनु भएकाको लागि सहयोग निम्ति जुट्ने , पढ्न चाहाने तर घरको आथिक स्थिती कम्जोर भएर पढ्न नपाउनेको लागि पढाइदिने जस्ता कार्यहरु भविष्यका दिनहरुमा गर्नेछौं ” संघको नवनिर्वाचित उपाध्यक्ष एलिसा बेल्बासेले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे