प्रदेश २ का कानुनमन्त्री र सांसदलाई कोरोना संक्रमण

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


जनकपुर, साउन २२ : प्रदेश २ का कानुनमन्त्री र एक सांसदलाई कोरोना भाइरसको संक्रमण भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। उनले बुधबार साँझ आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको बताए। उनी साउन १८ गते काठमाडौंबाट जनकपुर फर्केका थिए। उनको साउन १९ गते स्वाब संकलन गरिएको थियो।

बुधबार साँझ आएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनले आफूलाई संक्रमण भएको र पछिल्ला केही दिन आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न अपिल गरेका छन्। उनी बुधबार साँझदेखि नै मन्त्री निवासमै क्वारेन्टाइनमा बसेका छन्। स्वास्थ्य अवस्था सामान्य रहेकाले अस्पताल भर्ना भएका छैनन्।

यस्तै, प्रदेश २ की सांसद रिनाकुमारी यादवलाई पनि कोरोना संक्रमण भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको जनाएको छ। उनी जनता समाजवादी पार्टी सांसद हुन्। प्रदेश २ मा कोरोना संक्रमण दिनदिनै बढ्दै गएको छ। बिहीबारसम्म कोरोनाबाट २१ जनाको मृत्यु भएको छ भने संक्रमितको संखया दुई हजार पाँच सय ७२ पुगेको छ। कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश दुईका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जनकपुर, वीरगञ्जलगायतका ठूला शहरहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट