सुन तोलाको १ लाख २ हजार ५ सय पुग्यो

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं। सुनको मूल्या आज पनि बढेर नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँले बढेको हो । सुन हिजो तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । भाउ महँगो हुँदै गएपछि कारोबार भने ठप्प भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया