दलित महिला विध्यालय व्यवस्थापन समितको अध्यक्ष बन्दा गैर दलितले लगाए ताला

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


महेश सिंह सिरहा २२ श्रावण –  सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ४ स्थित रहेको प्रा।वि। कुथनमामा दलित महिला सवर्सम्मतले बिध्यालय ब्यवस्थापन समितिको अध्यक्षमा भवानी महरा चैन हुँदा आफुलाई ठुलो र उच्च ओहोदाको जाति भनाउनेहरुले अध्यक्षमा कुनै पनि हालतमा दलितलाई स्विकार्दैनै भन्दै स्कुलमा तालाबन्दी गरेका छन् ।

उक्त प्रा वि स्कुलमा अधिकासं दलित समुदायको बाल बालिकाहरु अध्यन गर्ने गरेको छ । विधालय व्यवस्थापन समिति बिधार्थिका अभिभावकहरू बसेर सकुलको समिति चयन गर्न सकिन्छ । दलित महिला भवानी महराले अभिभावकले सवर्सम्मतले आफुलाई चयन गरेको दाबी गरेका छन् । दलित जागरण केन्द्र नेपाल, गोलबजार सिरहाका सचिव संजय महराले जातिय विभेदकै कारणले गैरदलितले स्कुलमामा तालाबन्दी गरेको उनले दुस्ख व्यक्त गरेका छ्न। जातीय विभेदे अन्त गरी तालाबन्दी बन्द गरी सहज वातावरणमा सम्बन्धित निकाय संग माग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया