ट्रम्पको स्टाटस फेसबुकले डिलिट गर्‍यो

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
27 Shares


२२ साउन, काठमाडौं । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।

फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो । ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन्- कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं । यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • देउवाले गरे जनसम्पर्क समिति समन्वय विभाग विस्तार “नामावलीसहित”
  • बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
  • गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते
  • पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि
  • कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • बुटवल उद्योग बाणिज्य संघको साधारण सभा तथा अधिवेशन यहि असोजमा…
  • गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीको सप्ताहव्यापी भर्चुअल अन्तरसम्बाद कार्यक्रम सम्पन्न