सुनसरीमा निषेधाज्ञा

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
21 Shares


सुनसरी, साउन २२ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सुनसरीमा बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ।बुधबार राति १२ बजेदेखि लागू हुने गरी साउन २६ गते राति १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए।

लकडाउन उल्लङ्घन गर्दै सडकमा भीडभाड भएकाले कोरोना सङ्क्रमण फैदिन नदिन तथा यसलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको प्रजिअ पोखरेलले बताए।निषेधित क्षेत्र घोषणा भएपछि कोही पनि घर बाहिर निस्किएर हिँडडुल गरेको पाएमा सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनबमोजिम सजाय हुनेसमेत उनको भनाइ छ।अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवाबाहेक अरू कसैलाई घर बाहिर ननिस्कनसमेत जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी