तनहुँको डुम्रेमा जन्मिएका सशस्त्र प्रहरीका डिआईजी प्रधान जसलाई भावी आइजीपीका रूपमा पनि संगठने हेर्ने गर्छ

प्रकाशित मिति:

प्रकाश अधिकारी। तनहुँको साविक वन्दिपुर गाविस हाल वन्दिपुर गाउँपालिका वडा न। १ डुम्रेमा जन्मिएका सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक डिआइजी किशोर प्रधान रहेका छन्। तनहुँको माटोमा हुर्किएका नायव महानिरीक्षक प्रधान ४७ सालमा शान्तिवर्ष माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी पास गरेका थिए । त्यसपछि काठमाडौ छिरेका उनी मास्टर डिग्री साइन्सबाट गरेर उनी २०५५ सालमा सशस्त्र प्रहरी बलको निरीक्षक पदमा सेवा प्रवेश गरेका थिए।निरीक्षक पदमा सेवा प्रवेश गरेका प्रधान २०५९ सालमा नायव निरीक्षक  डिएसपी भएका थिए। डिएसपी हुदा पोखरा बाहिनी र अधिकांश समय हेडक्वाटरमा बिताएका थिए।

२०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक  एसपी  भएका प्रधान मोरङ, नवलपरासी सिमा सुरक्षा कार्यालय, ललितपुर,दक्षिणकाली गण र विशेष कार्यदल गण काठमाडौको कमाण्ड सम्हाल्लेका थिए। २०७१ सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक९एसएसपी०भएका प्रधान निर्वाचन हेर्ने कार्य दलमा बसेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनको त्यो कामले संगठनमा प्रसंसा कमाएका थिए। भने एसएसपी हुदै यूएन मिसन सुडान १ वर्ष र विपत व्यवस्थापन तालिम शिक्षालय चितवन कूरिनटारको प्रमुखको कमाण्ड पनि सम्माल्लेका थिए। निरीक्षक भएको २१ वर्षपछि २०७६ साल माघ २२ गते सशस्त्र प्रहरी बलको नायव महानिरीक्षक डिआइजी भएका थए ।

डिआइजी हुदा राष्ट्रिय सुरक्षा परिषद र हाल चद्रौटा कपिलवस्तु नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालयको प्रमुखको जिम्मेवारीमा रहका छन्। नायव महानिरीक्षक प्रधानले युएन हवाई,चाइना,नेपाली सेना,स्टाफ कलेज र इटालीमा सुरक्षा सम्बन्धि कोर्स तथा तालिम लिएका छन्। निकै बौद्धिक र ट्यालेण्ड भएका कारण पनि डिआइजी प्रधानलाई संगठनमा भावी आइजीपीको रूपमा हेर्ने गर्छन्।