कांग्रेस नेता शाहीद्धारा शैक्षिक सामग्री सहयोग

प्रकाशित मिति:

कालिकोट साउन २२ गते । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं। २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन्  ,सान्नीत्रिवेणी गाँउपालिका वडा नं। २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग गरेका छन् । योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरताका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको नेता शाहीले बताए ।

उनले भने, ‘आर्थिक अवस्था निकै कम्जोर परिवारका गोरख बहुप्रतिभाशाली बिद्यार्थी रहेछन् । उनी उनको प्रतिभालाई निखारदै पढाईलाई निरन्तरताका लागि सहयोग गरेको हुँ ।’ उनले गाँउमा लुकिर रहेका प्रतिभावान बिद्यार्थीहरुलाई थप प्रेण र उर्जा प्रदान गर्न सबैले सक्दो सहयोग गर्नुपर्ने बताए ।नेता शाहीले आफुले दुई दुई पटक कालिकोटबाट संसदिय निर्बाचनमा पराजय भोगेपनि आफु सधै कालिकोटवासीको पीडामा साथ दिने बताए । विगतदेखी नै राजनीति र सामाजिक सेवामा सक्रिय शाहीले राजनीतिक भनेकै सामाजिक सेवा भएकाले त्यस प्रति सधै लागिरहने बताए । कांग्रेस नेता शाहीद्धारा सहयोग गरिएका शैक्षिक सामग्रीहरु बुझ्दै गोरख तिरुवाले भने, ‘मलाई नियमित बिद्यालय जान शैक्षिक सामग्रीको अभावको समस्याले बारम्बार पीडा दिएको छ ।

खाली झोला महिनौँ बिद्यालय गएको छु । घरमा भनेर मैले सहजै शैक्षिक सामग्रीको लागि आवश्यक रकम पाउदिन थिए । कसैको भारी बोकेर मैले आफ्नो खर्च व्यवस्थापन गर्नु पथ्र्यो । तर कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले आफुलाई बर्षभरी पुग्ने शैक्षिक सामग्री सहयोग गर्नुभयो । उहाँलाई धन्यबाद दिन्छु । मैले अब एसइइसम्म ढुक्कसँग बिद्यालय जाने भँए ।’ उनले आफुसँग भएको योगा सम्बन्धि ज्ञान र अन्य जेम्नेष्टिक, दौड जस्ता प्रतिभावले भबिश्यमा योगा प्रशिक्षक वा चलचित्र क्षेत्रमा लाग्ने इच्छा रहेको बताए । शैक्षिक सामग्री सहयोग कार्यक्रममा नेपालली कांग्रेस कालिकोटका सहसचिव तथा प्रदेश सभापती दमनबहादुर शाही, नेबिसंघका कार्यबाहक अध्यक्ष जगत बिष्ट, कांग्रेस नेता बिस्नराज संज्याल, सन्तोष मल्ल लगायतको सहभागीता रहेको थियो ।