भीरकोटमा नेकपाको वडा संयोजक सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

चुत्र महत-साउन २२,भीरकोट, भीरकोट नगरपालिका वडा नंं. ८ मा नेपाली कागे्रसको वाड भेला गत मंगलवार सम्पन्न भएको हो । भेलाको उद्दघाटन गर्दै महासमिति सदस्य तथा नगर प्रमुख छायाराम खनालले भीरकोटको विकास र समृद्धिका लागी सबै एकजुट हुनुपर्ने भन्दै विकास निर्माण र कृषिलाई नगरले प्राथामिकता दिएको बताउनुभयो ।  कार्यक्रममा नगरप्रवक्ता दिपेन्द्र केसीले नगरबासीको हित र समृद्धिका लागी नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा पुर्व अध्यक्षहरु खेम केसी, ठाकुरप्रसाद रेग्मी, नगरसचिव शेषकान्त खनाल, कार्यपालिका सदस्य विष्णुमाया काफ्ले लगायतले बोल्नुभएको थियो ।

वडा सभापति खडानन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भिमलाल खनाल र स्वागत तिलबहादुर गुरुङले गर्नुभएको थियो । वाड भेला कार्यक्रममा विगत २० वर्ष देखी तात्कालिन नेपाल कम्यूनिष्ट पार्टी एमालेमा रहेर समाजसेवा गर्दै आउनु भएकी र हाल भीरकोट नगरपालिका वडा न ८ को नेपाल कम्यूनिष्ट पार्टी नेकपाको संयोजक मोती कुमारी रानाले कम्यूनिष्ट पार्टी दलाल र पँुजीवाद तर्फ उन्मूख भएको भन्दै सिद्धान्त विपरित चल्न नसकेको भएकाले नेकपा छोडी काग्रेसमा प्रवेश गरेको वताउनुभयो ।

काग्रेस आजका दिन सम्म पनि देश र जनताको हितमा काम गर्ने पार्टीको रुपमा आफुले लिएको र विपिको सिद्धान्त मन परेकोले नगर प्रमुख वाट नेपाली कांग्रेसको क्रियाशिल लिएको वताईन ।तात्कालिन नेपाल कम्यूनिष्ट पार्टी एमाले , नेपाल कम्यूनिष्ट पार्टी माओवादी र जनमोर्चा पार्टी परित्याग गरी नेग व गुरुङ्,टेक व गुरुङ्,सन्तोस गुरुङ्,शुशिल गुरुङ्, लगायत दर्जनौ कार्यकर्ता काग्रेस पार्टीमा प्रवेश गरेको नगरप्रमुखका स्वकीय सचिव नन्दु खनालले वताए ।