राप्तीमा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली- साउन २२, मसुरीयाँ देउखुरी दाङ-राप्ती गाउँपालिकामा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशालाको आयोजना गरिएको छ ।  नेपाल रेडक्रश सोसाइटी जिल्ला दाङ शाखाको सहकार्यमा राप्ती गाउँपालिकाको सात क्षेत्रगत रुपमा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको हो ।

राप्ती गाउँपालिका क्षेत्रका शिक्षा, स्वास्थ्य, वन वातावरण, ब्यवसाय उद्योग, राजनैतिक पार्टि, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी, संघ संस्थाहरु लगायतका प्रतिनिधिहरुको सहभागीतामा योजना तर्जुमा गरिएको हो ।कार्यक्रममा राप्ती गाउँपालिकाको खोज तथा उद्धार, सूचना र समन्वयको विषयगत क्षेत्र, आपतकालिन आवाश तथा गैर खाद्य विषयगत क्षेत्र, कृषि तथा खाद्य विषयगत क्षेत्र, स्वास्थ्य खानेपानी तथा सरसफाई र पोषण विषयगत क्षेत्र, शिक्षा विषयगत क्षेत्र, राहत पुनः स्थापना तथा पुननिर्माण विषयगत क्षेत्र,

संरक्षण विषयगत क्षेत्रहरुको पहिभान र आगामी रणनितिका वारेमा संरक्षण पुर्ण तयारी कार्ययोजना समेत निर्माण गरिएको छ ।राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा भएको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशालाको नेपाल रेडक्रश सोसाइटी जिल्ला दाङ शाखाका आभाश पौडेल र भुपमणी दाहालले सहजिकरण गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया