कोरोना महामारीका विरुद्धमा सचेतना फैलाउदै नेविसंघ

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
साउन २२ गते
नवलपरासी । नेपाल बिद्यार्थी संघ नवलपरासीले विहीवार बर्दघाट नगरपालिकामा कोरोना महामारी वाट सुरक्षित रहन मास्क लगाउन आग्रह गर्दै सचेतना जगाउने काम गरेको छ । संघले बर्दघाट नगरपलिका भित्र रहेका बर्दघाट चोक, टिसिएन चोक र भुताहा चोक गरि तिन ठाँउमा रहेका व्यवसायी, स्थानिय तथा सबारि साधनमा हिडेका मानिसहरुलाई मास्क लगाउन अनुरोध गरेको हो । सोही क्रममा मास्क नलगाई हिडेका यात्रुहरु तथा वटुवाहरुलाई निसुल्क मास्क बितरण गरेको हो ।


लकडाउन खुलेपनि कोरोना महामारी कम नभई समुदाय स्तरमा पसि सकेकोले यसवाट बच्न र समुदायलाई महामारिवाट बचाउन सो कार्यक्रमको आयोजना गरेको नेपाल बिद्यार्थी संघ नवलपरासी पश्चिमका निवर्तमान सभापति दधिराम पौडेलले बताए । उनका अनुसार नेविसंघले यो अभियान नवलपरासी पश्चिमका सातवटै स्थानिय तहमा आयोजना गरिने जानकारी दिए । सामाजिक दुरि कायम गरि, मास्क तथा सेनिटाईजर प्रयोग गरि महामारिवाट जोगिन आग्रह गरिएको अर्का नेपाल बिद्यार्थी संघ नेता किसोर गैरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला