पश्चिम नवलपरासीमा माक्स अनिवार्य, राति ९ बजेदेखि विहान ५ बजेसम्म सवारी साधन बन्द

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


नवलपरासी, २२ साउन ।
कोरोना संक्रमण बढ्दै गएसँगै पश्चिम नवलपरासीमा माक्स अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले विहीबार एक सूचना जारी गरि घरबाट बाहिर निस्कदा माक्स अनिवार्य गरेको हो । त्यसैगरी अर्को सूचनामा शुक्रबार अर्थात साउन २३ गतेदेखि लागुहुने गरी राति पूर्वपश्चिम लोकमार्ग र भैरहवा भूमही सडक खण्ड बाहेकका अन्य क्षेत्रमा राति ९ बजेदेखि विहान ५ बजेसम्म कुनै पनि किसिमको आवतजावत बन्द गरिएको जनाइएको छ ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ – यस जिल्लाको पूर्वपश्चिम लोकमार्ग तथा भूमही भैरहवा सडक खण्ड बाहेकका सम्पूर्ण यात्रुवाहक तथा निजी सवारी साधनहरुलाई साउन २३ गतेदेखि लागु हुने गरी साँझ ९ बजेदेखि विहान ५ बजेसम्म आवागमनमा रोक लगाउने निर्णय गरिएको छ ।
त्यसैगरी प्रशासनले बैंक, वित्तीय संस्था, सरकारी कार्यालय लगायत कार्यालयहरुमा आवश्यकता भन्दा बढी भिडभाड देखिने गरेकोले त्यस्तो क्षेत्रमा सेवाग्राहीलाई टोकन प्रणाली लागु गर्न र कार्यालयमा आउँदा सेनेटाइजर, माक्स अनिवार्यका लागि ज्वरो नाप्ने लगायतका कार्य गर्न निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया