अख्तियारमा कार्यरत ३५ जनामा कोरोना संक्रमण

प्रकाशित मिति:

२२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित अधिकांश प्रहरी कर्मचारी हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले अख्तियारका कर्मचारीमा संक्रमण पुष्टि भएको बताएका छन् । योसँगै आयोगमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।@onlinekhabar