सरकारले तत्काल देशभर लकडाउन नगर्ने

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन २२ : सरकारले तत्काल देशभर लकडाउन नगर्ने भएको छ। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने बताएका हुन्।

चैत ११ गतेदेखि जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने भन्दै उनले जोखिम हेरेर ती ठाउँहरूमा लकडाउन गर्न सकिने बताए। ुअहिले पनि दुई दर्जन बढी स्थानीय तहमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ। तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,ु खतिवडाले भने।

सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि १४ वटा जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ। यस्तै, काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेकाले बिहीबारबाट अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर(बिजोर प्रणाली लागू गरेको छ। संक्रमित बढ्दै गए अस्पातलले नधान्ने भन्दै सरकारले आवश्यक सजगता अपनाउन नगारिकलाई अपील पनि गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया