आज पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भारी बर्षाको सम्भावना

प्रकाशित मिति:

काठमाडौं, साउन २३ : जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशका अन्य स्थानमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।

यस्तै, बिहीबार साँझ वर्षासँगै आएको भिषण हावाहुरीका कारण कैलाली, कञ्चनपुर लगायत जिल्लामा मानवीय क्षति भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।@kathamandupress