धर्म–संस्कार : हनुमान चालिसामा लुकेको स्वास्थ्य रहस्य

२३ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कोरोना, लकडाउन, आर्थिक मन्दी, बेरोजगारी आदिले मान्छेमा चरम निरासा, शंका, भय, अनिश्चितता, क्रोध जस्ता मानसिक समस्या उत्पन्न गरिदिएको छ । चिकित्सा विज्ञान भन्छ, भय र क्रोधले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रभावित बनाउँछ । प्रतिरक्षा प्रणालीलाई सन्तुलित बिग्रिएमा अनेकन रोगले च्याप्न सक्छ । अर्थात मानसिक विचलनले शारीरिक स्वास्थ्यमा सोझो हानी पु¥याउँछ । अतः यसका लागि मनलाई कसरी शान्त, धैर्य तुल्याउने रु कसरी मनोबल उच्च राख्ने रु सोच्नुपर्नेछ ।

त्यसो त कतिपय धार्मिक विधी विधान, मन्त्र आदि हाम्रो मानसिक स्वास्थ्यसँग जोडिएको छ । त्यस्ता विधी विधान, मन्त्रोच्चारणले हामीलाई आत्मिक शान्ति दिलाउँछ । भय, क्रोध, आशंका जस्ता विकार हटाउँछ । यस्तै एउटा विधी हो, हनुमान चालिसा । आध्यात्मिक बल भनिन्छ, आध्यात्मिक बलले नै आत्मिक बल प्राप्त हुन्छ र आत्मिक बलले नै शारीरिक बल प्राप्त गर्छ । यसरी वाह्य तथा भित्री रोगसँग लड्नका लागि शरीरलाई सक्षम तुल्याउँछ । प्रतिदिन हनुमा चालिसा पाठ गर्दा मन र मस्तिष्कमा आध्यात्मिक बल प्राप्त हुन्छ । पौराणिक पात्र हनुमान आफैमा बल एवं शक्तिको प्रतिक हुन् । हनुमान चालिसा पाठ गरिरहँदा बल एवं शक्ति प्राप्त भएको अनुभूत गर्छौं ।

मनोबल बढाउँछ- नित्य हनुमान चालिसा पढ्दा पवित्रताको भावना विकास हुन्छ र हाम्रो मनोबल उच्च हुन्छ । मनोवल उच्च रह्यो भने सानोतिनो संकटले विचलित बनाउँदैन । हनुमान चालिसाको एक पक्ति छ, अष्ट सिद्धि नव निधि के दाता, असवर दिन जानकी माता । अकारण तनाव वा भय हटाउँछ-हनुमान चालिसामा एउटा पंक्तिमा लेखिएको छ, नासै रोग हरे सब पीरा, जपत निरन्तर हनुमत बीरा । बल बुधि विद्या देहु मोहिं, हरहू कलेस बिकार । अर्थात कुनैपनि प्रकारका रोग होस् बस तपाईं श्रद्धापूर्वक हनुमानजीको जप गर्नुहोस् । श्रद्धा वा विश्वासमा पनि ताकत हुन्छ । जब हामी सकारात्मक मनले कुनै कामना गर्छौं, हामीमा एक किसिमको शक्ति मिल्छ ।

नकारात्मक प्रभावबाट मुक्ति-हनुमान चालिसा पाठ गरिरहँदा तपाईंमा श्रद्धाभाव पैदा हुन्छ । मनमा सकारात्मक उर्जा जाग्छ । भय र बेचैनी हट्छ । यसले तपाईंको मनलाई स्थिर र शान्त बनाउँछ । सकारात्मक भावनाको विकास गराउँछ । सकारात्मक उर्जाले नै व्यक्तिलाई दीर्घजीवी बनाउँछ ।नित्य हनुमान चालिसा पढ्दा हामीमा आध्यात्मिक बल, आत्मिक बल एवं मनोबल बढ्छ । यसले पवित्रताको भावना महसुष हुन्छ । शरीरमा हल्कापन महसुष हुन्छ । भय, तनाव, असुरक्षाको भाव हट्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न