स्याङ्जामा कोरोना संक्रमण बढेको भन्दै बन्द एक साता थपियो

२३ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


भवानी अधिकारी । स्याङजा , स्याङ्जामा कोरोना संक्रमण बढेको जनाउँदै प्रशासनले जिल्ला बन्दलाई फेरि एक साता लम्ब्याएको छ। समुदायसम्म कोरोनाको सक्रमण बढेपछि अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न र यसअघि जारी गरेको निधेषाज्ञा यथावतै राख्नेगरी साउन २९ गतेसम्मका लागि पुनस् जिल्ला बन्द गर्ने निर्णय गरेको हो।

यसअघ जारी १० दिन घोषित स्याङजा बन्द शुक्रबार आज सकिएसँगै पुनः ७ दिन थप गरेको हो। यसअघि अत्यावश्यक सेवाबाहेक बन्द गर्ने निर्णय साउन १३ गते बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेकोे थियो।भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्ति र समुदायमा समेत संक्रमण देखिएकाले थप सतर्कता अपनाउन साउन २९ गतेसम्म जिल्ला बन्दको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचना अनुसार जिल्लाभित्रको निषेधाज्ञा र बन्दाबन्दी २९ साउनसम्म कायमै रहने र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने आग्रह गरिएको छ। अनिवार्य रुपमा मास्क लगाउन, राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल नगर्न, स्वास्थ्य सुरक्षा मापदण्ड विपरितका कार्य नगर्न, नगराउन र भेला, गोष्ठी, सेमिनार भोजभतेर लगायतका निषेधित क्रियाकलपान नगर्न सूचित गराइएकोे छ। सूचनाको बर्खिलाप गरी अन्य क्रियाकलाप भएमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित नेपाल कानून बमोजिम कारवाही गरिने जनाइएको छ।स्याङ्जामा शुक्रबारसम्म २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न