पोखरा विश्वविद्यालयमा १६ दिनदेखि नेविसंघको अनसन

प्रकाशित मिति:

 काठमाडौं  २३ साउन । विभिन्न माग राखि नेपाल विद्यार्थी संघ नेविसंघका विद्यार्थी पोखरा विश्वविद्यालयमा १६ दिनदेखि रेले अनसन बसेका छन् । विश्विवद्यालयकमा उपकुलपति र रजिष्ट्रार नियुक्ति लगायत माग राखेर नेविसंघ पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसका सभापति फिरोज सुबेदीको अगुवाइमा विद्यार्थी रिले अनसन बसेका छन् । विद्यार्थी अनसन बसेको १६ दिन बितिसक्दा पनि कुनै वास्ता नगरेको नेविसंघले जनाएको छ । पदाधिकारी नियुक्त नहुँदा विश्वविद्यालयका हजारौं विद्यार्थी अन्योलमा परेकोले सरकारको समेत नेविसंघले ध्यानाकर्षण गराइसकेको छ ।

विश्वविद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको भन्दै विद्यार्थीका माग सम्बोधन गर्न अनसनरत विद्यार्थी र नेविसंघ केन्द्रीय समितिले शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराइसकेको सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । यतिका समय बितिसक्दा पनि विद्यार्थीका जायज माग सम्बोधन नगरेर सरकारले उदाशिनता देखाएको उनको भनाइ छ ।