यौनिक तथा लैंङ्गीक अल्पसंख्यक भन्छन् : कोरोना र लकडाउनले झनै दुःख दियो

२४ श्रावण २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र देवकोटा – बुटवल, २४ साउन । कोरोना संक्रमणको महामारी र लकडाउनका कारण यौनिक तथा लैंङ्गीक अल्पसंख्यक समुदायले समुदायमा थप समस्या झेल्नुपरेको गुनासो गरेका छन् । लकडाउन ९बन्दावन्दीको० को समयमा यौनिक तथा लैंङ्गीक अल्पसंख्यक समुदायका लागि कुनै पनि राहत र सहयोगका कार्यक्रमहरु नआएको प्रति उनीहरुले गुनासो गरेका हुन् । बन्दावन्दीको अवधिमा आफुहरुको रोजगारी गुमेको, घरबहाल तिर्न धौ–धौ भएको, हिंसा तथा कुटपिटका घटना बढेको गुनासो गरे । निल हिरा समाज नेपालको आयोजना तथा उमेन फण्ड एसियाको सहयोजमा बुटवलमा शनिबार आयोजना गरिएको कोभिड–१९ का बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि भएका यौनिक तथा अल्पसंख्यक तेस्रोलिङ्ग तथा समलिङ्गि हरुले बन्दाबन्दीको समयमा आफ्ना समस्या सुन्ने कोही नभएको जिकिर गर्दै चैतयता समुदायका ८ जना ब्याक्तिले आत्महत्या गरेको समेत उनीहरुको बताएका छन् ।

यौनिक तथा लैंङ्गीक अल्पसंख्यक समुदायका ब्याक्तिहरुले आफुहरुलाइ राज्यले सधै बिभेद गर्ने र समाजले पनि फरक नजरले हेर्ने गरेकाले झन् धेरै समस्या झेल्नुपरेको गुनासो गरेका थिए ।कार्यक्रममा प्रदेश न ५ का प्रदेश सांसद कमला बिश्वकर्माले सबैले यो अबधिमा समस्या झेल्नुपरिरहेको भन्दै समुदायमापछि पारिएकाहरु एकजुट भएर आफ्नो हक अधिकारका लागि सधैं नै संधर्ष गरिरहनुपर्ने बताउनुभयो । बिश्बकर्माले आफुहरुले सबैलाई समान ढंगको ब्यबहार गर्नका लागि नै संसददेखि सरकारलाइ झक्झकाइ रहेको र नीति निर्माण गरिरहेको दाबि गर्नुभयो । उहाँले परिबर्तनका लागि लडिरहेको र पछि पारिएको समुदायलाई अगाडि ल्याउन आफ्नोतर्फबाट पहल गर्ने समेत बताउनुभयो । कार्यक्रममा निल हिरा समाजका टियर मेडिटेशन मुभिलाईजेशन अफिसर आनिक राना मगरले सरकारले आफुहरुलाइ राहतको प्याकेज दिनुपर्ने भन्दै सबैेका समस्यालाइ साझा ढंगले समाधान गरिदिन सरकारसंग आग्रह गर्नुभयो । उहाँले कोरोनाको अवधिमा यौनिक तथा लैंङ्गीक अल्पसंख्यक समुदायका साथीहरु आर्थिक तथा सामाजिक समस्याकै कारणले ८ जना आत्महत्या गरेको समेत बताउनुभयो ।

यसबिचमा १७९ जनालाई आफ्नै पहलमा राहत बांडेको बताउनुभयो । कार्यक्रम संयोजक पुष्पा लामाले आफ्नो समुदायका आमाबुबाले समेत जेष्ठ नागरिक हुदा समेत सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्नुभयो । उहाँले आफुहरु अबैधानिक नभएको भन्दै समान ब्यबहार गर्न आग्रह गर्नुभयो । एक्लोलाई सहारा दिने वृक्ष समुहका प्रदेश ५ मानवअधिकार संयोजक रेशम न्यौपानेले सरकारले राहत, रोजगारी र बााटोमा उभिनुपर्ने बाध्यता अन्त्य गरिदिनुपर्ने बताउनुभयो । क्वारेन्टाइनमा समेत तेश्रोलिंगीको ब्यबस्थापन भएन नभएको उहाँको गुनासो छ । सो अबसरमा कानुन ब्यबसायी अधिबक्ता हेमा न्यौपानेले संविधानको धारा १२ मा पहिचान सहितको नागरिकता पाउने अधिकार भएपनि यौनिक तथा लैंङ्गीक अल्पसंख्यक समुदायले समस्या पाइरहेको बताउनुभयो । कार्यक्रममा पत्रकारहरु अमृता अनमोल, निरु गौतम, कपिल ज्ञवाली, इन्दिरा आचार्य, उषा किरण पन्थ लगायतले यौनिक तथा लैंङ्गीक अल्पसंख्यक समुदायका ब्याक्तिलाइ समुदायसंग घुलमिल हुन र सहकार्य गर्न आग्रह गर्नु भएको थियो । शशक्ति करण नेपालका कार्यक्रम संयोजक पुष्पा लामाले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • तरुण दलका कार्यकर्ताको हत्यामा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग
  • पश्चिम नवलपरासीमा २ वटा गाडी सहित ४४ लाख मूल्य बराबरको…
  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल