बर्षाले घर भत्किएर विस्थापित भएका परिवार संग सांसद मल्लको भेटघाट

प्रकाशित मिति:

नेपाली कांग्रेसका नेता ,गण्डकी प्रदेशका सांसद भागवत प्रकास मल्लले बर्षाले घर भत्किएर विस्थापित भएका परिवार संग भेटघाट गर्नु भएको छ । उनले असार १२ गते बर्षाले घर भत्किएर विस्थापित बनेका गल्याङ नगरपालिका ११ भाटी सिम्लेका खगेन्द्र प्रसाद अधिकारीको भेटेरै समस्याका बारेमा वुझेका हुन् ।

अधिकारीको घर निरीक्षणपछि स्याङ्जा जिल्ला प्रदेश नम्बर ‘ख’ बाट विजयी सांसद समेत रहेका मल्लले नेपाली कांग्रेस निरन्तर पीडितको पक्षमा भएकाले नआत्तिन अधिकारी दम्पतीलाई आग्रह गरे । उनले आफुले अधिकारीको उद्धार तथा राहातका लागि प्रदेस सांसदमा कुरा उठाउने बताए । सांसद मल्लले नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट अधिकारीलाई वस्ने वास बनादिन अथासिघ्र पहल गर्ने प्रतिवद्धता जनाए । यस्तै नेपाली कांग्रेस गल्याङ नगर समितिका सभापती श्यामप्रसाद वस्यालले अधिकारीको घर निर्माणमा नेपाली कांग्रेस गल्याङ नगर समितिले पुर्ण सहयोग गर्ने बताए । उनले व्यक्तिगत तर्फबाट समेत घर निर्माणका लागि दुई ट्याक्टर वालुवा सहयोग गर्ने प्रतिवद्धता जनाए । पिडित अधिकारी दम्पतीको दयनिय अवस्था देखेपछि तत्कालका लागि राहातहोस भनेर सांसद मल्ल र नेपाली कांग्रेस गल्याङ नगर समितिको तर्फबाट १७ हजार पाँच सय रुपैयाँ सहयोग भएको छ ।

घर निरीक्षणको क्रममा जिल्ला विकास समितिका पुर्व उपाध्यक्ष लालगोपाल अर्याल, स्याङ्जा जिल्ला उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष महेश भट्टराई, कांग्रेस नेता स्याम भण्डारी, युवा नेता चन्द्र राना, नेपाल तरुणदल गल्याङ नगर समितिका संयोजक कृष्ण भट्टराई, युवा नेता छविलाल गाहा, राजेन्द्र भट्टराई, स्याम भट्टराई लगाएतको उपस्थिती थियो ।