इनरह्वील गाउ निमार्ण गर्ने घोषणा

प्रकाशित मिति:

बुटवल, २३ साउन, ईनरह्वील क्लब अफ बुटवलले इनरह्वील गाउ निमार्ण घोषणा गरेको छ । क्लबले सञ्चालन गर्ने महिला केन्द्रीत कार्यलाई परिणाममुखी बनाउन सेवा र सुविधाको पहुच नपुगेको महिलाहरुको बाहुल्यता रहेको रुपन्देही लगायत आसपासका जिल्लाको कुनै एउटा गाउ छनौट गरि इनरह्वील गाउ नामाकरण गरि आयआर्जन तथा शिप विकासका कार्यक्रमको सुरुवात गर्ने योजना तय गरेको छ ।  क्लबले पदाधिकारी तथा आफ्ना सदस्यहरुका लागि आयोजना गरेको एक दिने क्लबको ५ वर्षे योजना तर्जुमा गोष्ठिले उक्त योजना तय गरेको हो । क्लबलाई व्यवस्थित तथा सामाजिक क्षेत्रमा कसरी क्रियाशिल बनाउन सकिन्छ र क्लबमार्फत महिलाहरुको उत्थानका लागि गरिने कार्यहरु बारे तालिममा समिक्षा र छलफल गरिएको क्लबले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ईमिडेट पास्ट डिस्ट्रिक चियरमेन श्रीमति समिरा ध्वजुले क्लबको उद्देश्य र भावनासंगमा कुनै असर नपुग्ने गरि आफ्नो गतिविधिहरु सञ्चालन गर्न सुझाव दिनु भयो । उहाले महिला ससक्तिकरण र अधिकार रक्षाका लागि इनरह्वील जस्ता सामाजिक क्लबहरुले ग्रामिण क्षेत्रका महिलाहरुलाई सहयोग पुग्ने गरि शिक्षा, स्वाश्थ्यका कार्यक्रम आयोजना गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा तालिम सहजकर्ता ईनरह्वील क्लब अफ बुटवलका मेम्बर सृष्टि गुरूङले क्लबको ५ वर्ष योजना सम्बन्धी कार्ययोजना छलफलमा सहयोगिको भूमिका निभाउनु भएको थियो । सो अवसरमा क्लबको ५ वर्षे योजना अन्तर्गत फण्ड राइजिङ्गसहित क्लबले सञ्चालन गर्ने सेवाका कार्यहरूको छनौट र कार्ययोजना, सदस्यता विस्तार र सदस्यहरुको दायित्व, नेतृत्व विकास र उनीहरुमा हुनु पर्ने गुण लगायतका विषयमा छलफल गरिएको क्लब अध्यक्ष शोभा जोशीले बताउनु भयो ।

छलफलका बिषयबस्तुमा क्लब अध्यक्ष शोभा जोशी, पूर्व अध्यक्षहरु सरस्वती श्रेष्ठ, पुष्पा कसौधन, सदस्य अनिता श्रेष्ठले बुदागत रूपमा आफ्ना धारणा राख्नु भएको थियो । क्लब अध्यक्ष शोभा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तालिम संयोजक अम्बिका श्रेष्ठ गर्नु भएको थियो भने पूर्व अध्यक्ष शान्ता शाक्य, पुष्पा कसौधनले मन्त्व राख्नु भएको थयो । तालिम पश्चायत सोही अवसरमा तिज मिलन कार्यक्रम पनि आयोजना गरिएको थियो । तिज मिलन कार्यक्रमको संयोजक गंगा श्रेष्ठ हुनुहुथ्यो ।