बाटोमा भेटेको पैसा टिप्ने कि छाड्ने ?

प्रकाशित मिति:

अक्सर सपनामा बाटोमा पैसा भेटिएको देखिन्छ । धेरैको कल्पनामा बाटोमा हिड्दा हिड्दै पैसा भेट्ने सपना पनि हुनसक्छ । र कतिपय अवस्थामा साच्चै बाटोमा पैसा पनि भेटिने गर्दछ । तर के बाटोमा भेटिएको पैसा टिप्नु हुन्छ त

कतिपयले बाटोमा भेटिएको पैसालाई शुभ मान्दछन् भने केहिले यसलाई अशुभको प्रतिक मान्दछन् । हिन्दु धर्ममा धनलाई लक्ष्मीका रुपमा मान्ने गरिन्छ ।यसर्थ अप्रत्याशित रुपमा पाइने पैसा अर्थात धनलाई लक्ष्मीको रुप ठानेर राम्रो मानिने गरिन्छ । तसर्थ केहिले बाटोमा भेटिएको पैसालाई लक्ष्मी कृपा मान्दछन् ।

त्यस्तै कतिपय मानिस बाटोमा भेटिएको पैसालाई अशुभ मान्दछन् । उनीहरुको मान्यता अनुसार बाटो अर्थात जमिनमा भेटिएको पैसा जो व्यक्तिको हातमा पुग्दछ यसले हानि गराउँछ ।तसर्थ यसलाई टिप्नु हुदैन । यदि बाटोमा भेटिएको पैसा टिप्यो भने शरीरमा भएको उर्जा सो पैसाको माध्यमबाट जति जति एकबाट अर्को ब्यक्तिमा पैसा जान्छ त्यति नै उर्जा घट्दै जान्छ । त्यसैले उनीहरु यसरी भेटिएको पैसा लिन नहुने तर्क गर्दछन् ।