नायिका बाट गायिका बन्दै अनु

प्रकाशित मिति:

काठमाडौं/ नायिका अनु शाहले एक गीतमा स्वर दिएकी छिन् । उनले बुधवार ‘मेरो सम्झनामा’ बोलको गीतमा स्वर दिएकी हुन् ।दर्जनौं फिल्ममा अभिनय गरेकी अनु पछिल्लो समय फिल्ममा देखिएकी छैनिन् । केही समयअघि उनले धेरै फिल्म नबनेकाले फिल्ममा अफर कम आएको बताएकी थिइन् ।

अझै सार्वजनिक भइनसकेको उक्त गीतका शब्द पत्रकार शान्तिप्रियले लेखेका हुन् । यस्तै गीतमा सन्तोष श्रेष्ठको संगीत छ ।यसअघि नायिका निरुता सिंह, रेखा थापा लगायतले पनि गीतमा आवाज दिएका छन् । तर, गायकका रुपमा कोही सफल हुन सकेनन् ।खबरहब