लायन्स क्लब अफ बुटवल जितगढीद्धारा वृक्षारोपण

२५ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


लायन्स क्लब अफ बुटवल जितगढीको आयोजनामा शनिवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालीका ६, १० नम्बर स्थित तिलोत्तमा पार्कमा गरिएको वृक्षारोपणमा ५० वटा कपुरका बिरुवा रोपिएको थियो । क्लबका अध्यक्ष लायन ईन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पि.डी.जी लायन महेन्द्रनारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथी श्रेष्ठले क्लबले रोपेका बिरुवा संरक्षणमा आफुहरुले भुमिका खेल्ने बताए ।

त्यस्तै क्लबका अध्यक्ष ईन्द्र विष्टले आगामी दिनमा समेत पार्कमा आवश्यक सहयोगका लागि क्लब तत्पर रहेको बताए । यसैगरी तिलोत्तमा पार्कका अध्यक्ष दीपक पाठकले क्लबले गरेको सहयोगको प्रशंसा गर्दै पार्कलाई अझ सुन्दर बनाउन थप सहयोग आवश्यक पर्ने जनाए । कार्यक्रममा स्ट्राटेजिक चिफ लायन योगेश घिमिरे, एरिया चिफ सन्दिप कशौधन लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम लायन हिम्मत आचार्यको संयोजनमा भएको थियो । कार्यक्रमको संचालन सचिव लायन वीरबहादुर क्षेत्रीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया