यस्तो रह्यो लियो क्लब अफ बुटवलको ३५ औ बार्षीकउत्सब

प्रकाशित मिति:

बुटवल ।  साउन २५- लियो क्लब अफ बुटवलले आफ्नो ३५ औ बार्षीक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ । बुटवलमा एक औपचारीक कार्यक्रमको आयोजना गरी क्लबले बार्षीकउत्सब मनायो । लियो क्लब अफ बुटवलका बर्ष २० – २१ का अध्यक्ष हिमालय भुषालको अध्यक्षता तथा सचिब सुबिन खान्जुको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा क्लबका पुर्व अध्यक्ष तथा बिभिन्न ब्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो ।

बार्षीक उत्सब कार्यक्रममा प्रमुख अतिथी क्लबका संस्थापक तथा पुर्व डिस्ट्रिक गर्भनर महेन्द्रनारायण श्रेष्ठ,लियो जिल्ला परिषद ३२५ बिटुका अध्यक्ष कुबेर क्रान्ति पाठक, जिल्ला परिषदका उपाध्यक्ष अमित लामिछाने,लायन्स ३२५ बिटुका डिजास्टर रिलिफ चिफ अर्जुनमान सैजु,लायन्स क्लब अफ बुटवलका अध्यक्ष सन्जय कलवार जैसवाल,लायनेन्स क्लब बुटवलका अध्यक्ष मिश्रा श्रेष्ठ, लायन्स आखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठ, लियो सल्लाहाकार दिनेश श्रेष्ठ, अध्यक्ष सल्लाहाकार महेश खनाल लगायतले बोल्दै लामो सयमदेखी अबिछिन्न रुपमा क्लबले सामाजीक क्षेत्रमा पुर्याएको योगदानको खुलेर चर्चा गरेका थिए ।

साथै आगामी दिनमा पनी क्लबको तर्फबाट रचनात्मक कामको अपेक्षा रहेको र युवापुस्तालाइ प्राथमिकतामा राखेर कार्यक्रमलाइ अगाडी बढाउन सुझाएका थिए । यो बर्ष पनी क्लबले खेलकुददेखी शैक्षीक कार्यक्रमलाइ प्राथमिकतामा राखेको अध्यक्ष हिमालय भुषालले बताए । बार्षीकउत्सबकै अबसरमा आधारभुत तहमा रुपन्देही जिल्ला प्रथम हुने छात्र र छात्रालाइ छात्रबृद्धि प्रदान गरेको छ भने समय सापेक्ष कार्यक्रमहरु पनी अगाडी बढाउने क्लबले जनाएको छ । कार्यक्रममा लियोका जिल्लादेखी केन्द्रसम्मका प्रतीनिधि तथा सदस्यहरुको सहभागीता रहेको थियो ।