बजेट सकियो, सडक छैन

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल- स्याङ्जा—२५ साउन , स्याङ्जाको वालिङ १० मदिखोला देभीभञ्याङे, गौमुख पकवादी हुदै चापाकोट सडक असारमा निर्माण भएर सम्पन्न नहुदै जिर्ण बनेको छ । गण्डकी प्रदेश सरकारले ५० लाखमा खर्चेर निर्माण गरिएको सडक एक महिना नहुदै भत्किएर जिर्ण बनेपछि स्थानीय आक्रोशित बनेका छन् । न सडक न बजेट भन्दै सडक उपभोग गर्ने स्थानीयहरु आक्रोशित बनेका हुन् । १५ बर्षदेखि निरन्तर १२ महिना यातायात सुचारु भएको सडकको स्तरोन्नती गर्ने नाममा निर्माण गर्दा भत्किएर जिर्ण अवस्थामा पुगेको छ । वालिङ १० मोदिखोलाबाट ३ स्थानीय पालिकाका वासिन्दा आवातजावत गर्ने सडक अविरल बर्षाका कारण भत्किएर जिर्ण बनेपछि यहाँका स्थानीय वासिन्दा आक्रोशित बनेका हुन् ।

५० लाखमा ७ सय मिटर सडकको स्तरोन्नती गर्न गण्डकी प्रदेश सरकारले टेण्डर आव्ह्रान गरेको थियो । आर्थिक बर्ष २०७६÷०७७ मा सम्पन्न हुने गरि आव्ह्रान गरिएको सडक निर्माण भएको एक महिना नपुग्दै उपभोग गर्न नपाउने गरी छिन्नभिन्न भएको छ । गएको आर्थिक बर्षमा सम्पन्न भएको सडक साउन महिनामै भत्किएर जिर्ण बनेपछि यातायात आवतजावतमा समस्या बनेको छ । सडक भत्किएर अवरुद्ध भएपछि ग्रामिण क्षेत्रका बासिन्दा खाद्यन्न ओसार पासार देखि बिरामी भएर उपचारमा जान समेत कठिन भएको स्थानीयहरु बताउछन् । सडक निर्माण गर्दा बस्तीलाई समेत उठिबास बनाउने गरी निर्माण भयो स्थानीय हिमनीधि पंगेनीले भने,“ सरकारी पैसाको न सदुपयोग भयो न सडक बन्यो ।” जनताले तिरेको रकमलाई हिनामिना गर्नेहरु माथी कारवाहि हुनुपर्छ उनले भने । स्थानीय उपभोक्तलाई समेत थाहा नदिएर मनपरी डोजर प्रयोग गर्दाे सडकको अवस्था बेहाल भएको स्थानीयहरु बताउछन् ।

सडक निर्माण सम्पन्न गरेको एक महिना नवित्दै भत्किएर जिर्ण बनेपछि छानविनको समेत स्थानीयले माग गरेका छन् । सडक राम्रो बनाउने भन्दा पनि कमाई खाने भाडोको रुपमा सडकलाई प्रयोग गरेको आरोप स्थानीय अगुवा समाजसेवी राजेन्द्र गैहे्रले बताए । सुनका गहना धरौटी राखेर १५ बर्ष अगाडी निर्माण गरिएको सडक स्तारोन्नतीका नाममा झनै जिर्णोद्धार हुने गरी काम भएको गैह्रले आरोप लगाए । ठेकेदार र इन्जिनीयरयको लापरवाहिले गर्दा सडक कामै नलाग्ने गरी बिग्रियो यसको छानविन हुनुपर्छ गैह्रेले भने ।

भौतिक पुर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेश बाट बिनियोजित रकमबाट सिद्धबावा निर्माण सेवाले काम गरेको थियो । ५० लाखमा सडकको के के काम गरियो भन्ने सम्मको अवस्था पनि नदेखिने गरी निर्माण भएको सडकको बारेमा छानविन हुने वालिङ १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले बताए । सडक निर्माण बारे आफुहरु अनविज्ञ रहेको बताउदै अध्यक्ष गैह्रेले यसको सत्यतथ्य बाहिर आउने विश्वास दिलाए । १२ महिना यातायात सुचारु भइरहेको सडक स्तरोन्नतीका नाममा झनै विकराल अवस्था आउनुले शंका उत्पन्न भएको छ । प्राविधिक नापजाँच नभई जनताले तिरेको करबाट निर्माण भएको सडक असारमा सम्पन्न साउनमा भत्किने गरि बनाउने क्रियाकलापको अन्त्य हुनु जरुरी छ । यस तर्फ सम्वन्धित निकायको चासो हुनु आवश्यक छ ।