स्याङ्जाका २२ प्रहरीसहित ३० जनाले जिते कोरोना

प्रकाशित मिति:

भवानी अधिकारी  – स्याङ्जा । भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत ३० जनाले कोरोना जितेर घर फर्केका छन्। कोरोना जितेर घर फर्कनेमा २२ जना प्रहरी कर्मचारी छन्। यसैगरी, एक जना थुनुवा, २ जना प्रहरी कर्मचारीका छोराछोरी, ४ जना अर्जुनचौपारीका र एक जना भीरकोट नगरपालिकाका रहेको अस्पतालका कार्यकारी अधिकृत छायादत्त रेग्मीले जानकारी दिए। कोरोना मुक्त हुनेमा ३ र ४ वर्षे बालकसहित उनका अभिभावकले कोरोना जितेका हुन्। साउनको १२ र १३ गतेददेखि क्रमश : १६ र १८ जना बच्चासहित ३६ जना आइसोलेनमा बस्दै आएका थिए।

उनीहरुको पीसीआर परिक्षणमा शुक्रबार साँझ नेगेटिभ देखिएपछि उनीहरुलाई शनिवार विदाई गरिएको हो। यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित ३ जना प्रहरी कर्मचारीले कोरोना जितेका छन्। योसँगै २५ जना सुरक्षाकर्मीले कोरोना जितेका हुन्। अब १६ जना प्रहरी कर्मचारी आइसोलेसनमा उपचारका क्रममा छन्। स्याङजामा ४१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।