शिक्षा क्षेत्रमा अराजकता ल्याउन खोजेको लहान नगरपालिका लाई कार्बाहीको माग

प्रकाशित मिति:

महेश सिंह सिरहा २५ श्रावण – लहान नगर पालिकाले आधार भुत शिक्षकहरुलाई सरुवा गरेको भन्दै शिक्षक संघ कार्य समिती लहानले आक्रोश व्यक्त गरेका छन् । आधारभुत शिक्षक लाई अबैधानिक तरिकाले सरुवा गरेको भन्दै लहानका सयौं शिक्षकहरुले आन्दोलनमा उत्रिने लहान नगर पालिका लाई पत्रकार समेलनमा चेतावनी दिएका छन् ।स्थानीय तहलाई शिक्षक सरुवा गर्ने अधिकार नरहेको पीडितले बताए ।

नगरपालिकाले कुनै निर्णय नगरी एकासी होचुवाको भरमा सरुवा गरेको यो सरुवा अबैधानिक छ शिक्षक संघका सह संयोजक हमालले बताए । करिब ८० जना आधारभुत शिक्षकलाई सरुवा गरेको छ । लहान नगर पालीकामा जम्मा ५९ बिध्यालय रहेका छन् । शिक्षा ऐन २०२८ र शिक्षा नियमाबलि २०५९ नबौ संसोधन कायम गरेको छ । संघिय शिक्षा ऐन नबनि सकेको अबस्थामा संविधानले स्थानीय तहलाई दिएको २३ बुदे अधिकारमा शिक्षक सरुवा, बढुवा गर्न उल्लेख नरहेको बताए ।

सामुदायिक बिद्य्यालयका शिक्षकहरुको सरुवा, बढुवा गर्ने अधिकार शिक्षा बिकास तथा समन्वय ईकाईलाई मात्र रहेको शिक्षा ऐनमा उल्लेख छ । कोरोना महामारीले बिद्य्यालयहरु बन्द रहेको अबस्थामा धेरै महिला शिक्षकहरुलाई अपायक पर्ने ठाँउमा सरुवा गरेका छन् ।पक्ष पातको भर्मा सरुवा गरेको छ । सरुवा पत्र नगर प्रहरी मर्फद घर – घरमा पठाएको बताए ।नेपालको ७५३ स्थानीय तहले कहिँ कतै यसरी एकै पल्ट सबै लाई सरुवा गरेको देखिएन यस्ता सरुवाले शिक्षकहरुको मान्सिकता खल्बलिएका छ्न । संयुक्त संघष समिति चरण बध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।