कार्यपालिकाको प्रथम बैठक विगतको अवस्थामा सुधार ल्याउदै जाने निर्णय

२५ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवालीअसार २५, मसुरीया ,देउखुरी दाङ- राप्ती गाउँपालिकाको यस आर्थिक वर्ष २०७७।०७८ को पहिलो कार्यपालिका बैठकले गत वर्षमा भए गरेका कमि कमजोरीलाई आगामी दिनमा नहुने गरि काम कार्वाहि गर्न कार्यालयलाई निर्देशन गरेको छ ।गत जिल्ला समन्वय समितिको चौथो सभामा दाङ जिल्लाका पालिकाहरु विच भएको कार्यसम्पादन प्रक्रियाबाट दोस्रो स्थानमा आएकोमा आगामी दिनमा थप कार्यजोसका साथ नागरिकको सेवामा समर्पित भएर कार्य सम्पादन गर्ने सम्वन्धमा छलफल गरिएको छ ।

राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यपालिका बैठकले गत वर्षको पुरक बजेट पारित गर्ने निर्णय गर्दै थप ६ प्रस्तावमा छलफल गरि निर्णय गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनु भएको छ ।बैठकमा प्रस्तावहरुका विषयमा प्रस्टाउदै सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले राप्ती गाउँपालिकाकोे बातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने सम्वन्धमा बनेको विधेयक २०७७ र राप्ती गाउँपालिकाको संक्षिप्त बातावरणीय अध्ययन तथा प्रारम्भिक बातावरणिय कार्यविधि २०७७ को मस्यौदा माथि प्रकाश पार्नु भएको थियो ।बैठकबाट बसन्तापुरमा निर्माणधिन कृषि उद्योग, घ वर्गको निर्माण ईजाजत पत्र, आर्थिक वर्षको दररेट, घर अभिलेखीकरण लगायतका विषयमा निर्णय गरिएको छ ।साथै बैठकमा पछिल्लो कोरना संक्रमणको अवस्था र सावधानीको बारेमा समेत छलफल गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया