नेकपा नेता विष्णु पौडेल आइसोलेसनमा

२५ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  २५ साउन  । अंगरक्षक पीसएओ लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास आइसोलेसनमा बसेका छन् । उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ । महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् । उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए । अध्यक्ष प्रचण्डका पनि सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आइसोलेसनमा बसेका छन् ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश