कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको आग्रह

२५ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं २५ साउन। बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले माताहतका निकायलाई अनुरोध गरेको हो ।

जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै सेवा निरन्तरताको योजना तयारी गरी कर्मचारीलाई आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था गर्न तथा घरसमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले जारी गरिएको निर्देशनमा भनिएको छ । यस्तै बैंक तथा वीत्तीय संस्थाको प्रदेश तथा शाखा कार्यालयहरुले पनि न्युनतम् कर्मचारीहरुबाट वैकल्पिक रुपमा आलोपालो सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ । संक्रमण जोखिम बढिरहेकाले विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्रोत्साहन गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश