कपिलवस्तु सदरमुकाम तौलिहवाको सवारी पार्किङ्ग र ट्राफिक व्यवस्थापन अस्त व्यस्त हुदै

प्रकाशित मिति:

कपिलवस्तु सदरमुकाम तौलिहवाको सवारी पार्किङ्ग र ट्राफिक व्यवस्थापन अस्त व्यस्त हुदै गएको छ । बिभिन्न सवारी साधनका व्यवसायी समिती सँग मासिक रकम असुली गरि ट्राफिक प्रहरीले कारवाही नगर्दा ट्राफिक व्यवस्थापन अस्त व्यस्त भएको स्थानियको आरोप छ । पछिल्लो समय मर्यादपुर सडकबाट आउने सवारी साधन सगै तौलिहवा–मर्यादपुर र तौहिलवा बहादुरगंज चल्ने यातायातका साधनले मापदण्ड नपुगेका पुराना सवारी साधनमा क्षमता बढि यात्रु राखि दुर्घटना बढदै गए पनि ट्राफिक प्रहरी मौन बस्नुले ट्राफिक प्रहरीकै मिलेमतोमा व्यवसायीको मनोबल बढेको स्थानियको आरोप छ । अहिले कपिलवस्तु यातायात सहित पश्चिम नेपाल, सिद्धार्थ र बुटवल यातायातका सवारी साधनलाई सडकमै पार्किङ्ग गरिने भए पनि ट्रफिक प्रहरीले व्यवस्थापनमा कुनै चासो देखाउने गरेको छैन । सामान्य नागरिकलाई चुकजाँचमा तत्कालै जरिवाना गर्ने र कारवाही गर्ने ट्राफिक प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित कार्यालय अघिकै सडकबाट ओभरलोड यातायातका सवारी साधन चल्दा समेत केहि कारवाही नगरेको स्थानिय बताउछन ।

ट्राफिक प्रहरीले नियम मिच्ने यातायातका सवारी साधनलाई कारवाही नपरेको बिषयमा बुझदा कपिलवस्तु यातायातकै पदाधिकारीले ट्राफिक प्रहरी कार्यालय तौलिहवामा आफु सहितका अन्य समितीले मासिक ३ हजार बुझाउन भएकाले आफुहरुलाई ट्राफिक प्रहरीले केहि नगरेको गोप्य क्यामरामा खुलासा गरे ।  समितीका अध्यक्ष मोहम्मद ईनाम शेखले सो बिषयको खुलासा भए ट्राफिक प्रहरीले दुखः दिने बताए । मासिक रकम असुलेको बिषयमा प्रतिक्रिया लिन खोज्दा ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरिक्षक प्रेम रानाले आफुहरु माथि लगाईको मासिक रकम असुलीको आरोप निराधर रहेको बताउदै आफुले प्रतिक्रिया दिन जिल्लाको स्विकृती लिनु पर्ने बताउँनु भयो
आम नागरिकको साना त्रुटीमै तत्काल जरिवाना र कारवाही गर्ने ट्राफिक प्रहरीले कतिपय पुराना सवारी साधनलाई कारवाही नगर्दा दुर्घटनाको सम्भाव्यता बढेको यात्रुहरुको गुनासो रहदै आएको छ ।