रामु भुषाल- २५ औं सामुदायिक वन दिवसको अवसरमा नवलपरासी लगाएत देशभर सामुदायीक वन र वन संग आवद्ध संघसंस्थाहरुले विविध कार्यक्रम गरी मनाए, २५ औं सामुदायिक वन दिवसको अवसरमा नवलपरासी लगाएत देशभर सामुदायीक वन र वन संग आवद्ध संघसंस्थाहरुले विविध कार्यक्रम गरी मनाएका छन । समृद्धिका लागी सामुदायीक बन उत्पादन र उत्पादकत्व बृद्धिमा योगदान भन्ने मुल नाराका साथ सामुदायीक वन उपभोक्ता माहासंघ नेपाल, स्थानिय माहासंघ बर्दघाट नगरपालिका र चिसापानि सामुदायी वन उभोक्ता समुह बर्दघाट २ को संयुक्त आयोजनामा आईतबार चिसापानि बन क्षेत्र भित्र जडिबुटि तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
चिसापानि सामुदायीक बन उपभोक्त समुहका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षता तथा बर्दघाट वडा नं २ की वडा अध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यता र सामुदायीक बन उपभोक्ता माहासंघका जिल्ला अध्यक्ष कमल परियारको बिषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी दर्लामीले सामुदायीक बनहरुले समुदायमा आयआर्जन कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउदै यस क्षेत्रमा रहेको चिसापानि बनले प्रभावकारी कार्यहरु गरीरहेको हुदा आफुले आफ्नो वडाबाट बन र नर्सरी ब्यवस्थापनका लागी रकम विनियोजन गरेको र आगामी दिनमा समेत आफ्नो सहयोग रहिरहने बताउनु भयो ।
सोहि कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी परियारले सामुदायीक बनहरुको योगदानका कारण देशमा आमुल परिर्वतन आएको र नेपालमा २२ हजार बढि सामुदायीक बनहरु रहेको र सबै सामुदमयीक बनमा महिलाहरुलाई आबद्ध गराउदै उनिहरुको नेतृत्व विकास का साथै आयआर्जन तर्फ जेड्नु पर्ने बताउदै सामुदायीक बनले बन मात्र संरक्षण गरेर नहुने र आयमुलकमा जोड्दै रोजगारमुखी हुनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा चिसापानि सामुदायीक बनका पदाधिकारी, समाजसेवी, जडिबुटि समुहका प्रतिनिधी, पत्रकार लगाएतको सहभागीता रहेको थियो । सो अवसरमा बन क्षेत्रभित्र तेजपत्ता लगाएतका जडिबुटिका बिरुवाहरु रोपिनुका साथै गत बर्ष लगाईएका बिरुवाहरुलाई गोडमेल र झाडि सरसफाई समेत गरीएको थियो । सो कार्यक्रमको संचालन चिसापानि सामुदायीक वनका सचिव अनिल गुरुङ्गले गर्नुभएको थियो ।