नया कलाकारको खोजीमा निर्देशक पाण्डे

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – कलाकार तथा युवा निर्देशक मोहन पाण्डे बिभिन्न प्रोजेक्टको लागि नया कलाकारहरुको खोजीमा रहरको बताएका छन । उनले छायांकनको लागि तयारीमा रहेका लघु चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्रीको लागि कलाकारको आवश्यक भएकाले नया कलाकार खोजि गरेको सबलपोस्ट लाई जानकारी दिए । ईच्छुक नया कलाकाले ब्यानरमा दिएको नम्बरमा सम्पर्क गरेर आउन सकिने बताए।

बिगत केहि समययता निर्देशक पाण्डेले हास्यकलाकारिता लाई एकैछिन ब्रेक दिएर छायांकन र निर्देशन पाटोलाई समालिरहेका छन । उनको सम्पादन कलालाई पनि रुचाएकाछ्न दर्शकहरुले । मोहन भन्छन  कुनै पनि एउटा सिंगो काम पूर्ण रुपमा सफल र उत्कृस्ट हुन् सानो भन्दा सानो कुराको अनि ख्याल गर्नुपर्ने बताउछन । उनले दिपक दिपाश्रीको  छक्का पन्जा २ को टिममा समेत काम गरेको र दिपा श्रीको टिममा जोडिन पाउदा काममा सहज भएको उनले अनुभब सुनाए

। उनले हास्य टेलिचलचित्र रातो पिरो,गुरास हस्पिटलको बिज्ञापन र अन्य म्युजिक भिडियोमा पनि काम गरिसकेका छन । पछिल्लो समय उनि बिभिन्न लघुचलचित्रहरु निर्माण गरिरहेका छन । यस क्षेत्रमा नै आफुले केहि राम्रो गर्ने चाहाना रहेको उनको भनाई छ। उनले हास्य टेलिचलचित्र रातो पिरोमा निर्बाह गरेको घने पात्रलाई दर्शकहरुले रुचाएको र अझैपनि कतिपयले घने भनेर बोलाउदा खुस्सी लाग्ने उनको भनाई छ।

 

उनको निर्देशकीय पाटो र कलाकारिताको पाटो अझै सफल हुदै जाओस हाम्रो तर्फदेखि शुभकामना ।हाले उनले निर्देशन गरेको यो लघुचलचित्रको भिडियो हेर्नुहोस