
गुल्मी समाज भिक्टोरिया र नेपअस क्रियुको संयुक्त आयोजनामा एकल तिज नृत्य प्रतियोगिता
कौरव खत्री ,गुल्मी २६साउन । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजनामा नारीहरुको महान पर्व हरितालिका तिजका अवसरमा एकल तिज नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ । कोभिड १९को प्रभावले गर्दा खुला ठाँउमा बाहिर जमघट गरि तिज कार्यक्रम गर्न नसकिने भएकोले यस बर्ष भने अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताको पहिलो चरणमा यहि साउन ३१गते भित्र आफ्नो प्रस्तुतीको भिडियो पठाइसक्नु पर्ने र अन्तिम फाइलन प्रतियोगिता भने आउँदो भाद्र ५गते आयोजना गरिने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले कोभिड १९ को कारणले गर्दा हाम्रो मौलिक संस्कृतिको जर्गेना गर्नका एकल तिज नृत्य प्रतियोगिता आयोजन ागर्न लागेको समाजले जनाएको छ ।
साथै प्रतियोगितामा नेपाल सहित अष्ट्रेलिया र न्यूजिरल्याण्ड देशभित्र रहेका नेपाली कलाकारहरुले एकल नृत्य प्रतियोगितामा सहभागिता जनाउन सक्ने समाजले जनाएको छ । सहभागिता जनाउनका लागि समाजको इमेल आइडी [email protected] मा आफ्नो प्रस्तुतीको भिडियो मेल गर्न सकिने समाजले जनाएको छ। साथै प्रतियोगिता बारेमा विस्तृत जानकारीको लागि तलको लिंक मार्फत सम्पूर्ण जानकारी लिन सकिने छ ।.https://m.facebook.com/story.