प्रगती नमुना माध्यमिक बिधालयमा बिधार्थी अभिभावकद्धारा तालाबन्दी

प्रकाशित मिति:

साउन,कञ्चन-गत साउन २१ गते रुपन्देहीको कञ्चन गाउपालिका शिक्षा समितिको निर्णय तथा गाउ कार्यपालिकाको बैठकबाट भएको निर्णय अनुसार प्रगती नमुना माध्यमिक बिधालयमा शिक्षण गर्दै आएका शिक्षक खेम बहादुर घर्ति मगरलाई कुनै ब्यक्तिलाई प्रधानाध्यापक बनाउने गलत नियतका साथ सरुवा गरिएको र सो निर्णय प्रचलित शिक्षा ऐन २०२८ र शिक्षा नियामवली २०५९ बिपरित सरुवा गर्नु पुर्व सम्बन्धित ब्यक्तिलाई कुनै जानकारी नगराइएको र बिधालय ब्यबस्थापन समितिको निर्णय बिना शिक्षकलाई सरुवा गरिनु प्रचलित शिक्षा ऐन र नियामवली बिपरीत भएको भन्दै कञ्चन गाउपालिका वार्ड नं। १ मा रहेको प्रगती नमुना माध्यमिक बिधालयका बिधार्थी र अभिभावकहरुले संयुक्त रुपमा बिधालयमा तालाबन्दी गरेका छन।

कञ्चन गाउपालिकाको एकमात्र नमुना बिधालय प्रगती नमुना माध्यमिक बिधालयमा प्रा।बि।तहको स्थाई शिक्षकले प्रधानाध्यापकको रुपमा कार्य गर्दै आएकोमा मा।बि। तहको स्थाई दरबन्दी शिक्षक प्रधानाध्यापक नभएको कुनै पनि माध्यमिक तहलाई नमुना बिधालय हुनबाट रोकिने भन्दै केही महिना अगाडी सो बिधालयमा प्रधानाध्यापकको रुपमा कार्यरत जिवराज पौडेललाई कञ्चन गाउपालिकाले पदबाट राजिनामा दिन लगाई उक्त बिधालयमा प्रधानाध्यापकको पद खाली गराइएको थियो । प्रगती नमुना माध्यमिक बिधालयलाई नमुना बिधालको रुपमा बचाउन कञ्चन गाउ कार्यपालिकाले गत साउन २१ गते सो बिधालयका खेम बहादुर घर्ति मगरलाई गजेडी माध्यमिक बिधालयमा र गजेडी माध्यमिक बिधालयका शिक्षक गणेश पौडेललाई प्रगती नमुना माध्यमिक बिधालयको प्रधानाध्यापक बनाई सरुवा गर्ने निर्णय गरेको थियो ।
दरबन्दी मिलान गर्दा बाहेकको अवस्थामा शिक्षा कानुनको कुनै दफामा शिक्षक सरुवा गर्ने अधिकार पालिकालाई नभएको तर स्थानिय सरकार गठनसंगै माध्यमिक तह सम्मको शिक्षा संचालन गर्ने अधिकार स्थानिय तहलाई दिइएको भएपनि शिक्षक सरुवा गर्ने सम्बन्धमा भने पछिल्लो पटक जारी भएको शिक्षा ऐन र नियामवलीमा स्थानिय तहलाई कुनै अधिकार दिइएको छैन । कतिपय स्थानिय तहहरुले आफ्नो अधिकार भन्दै शिक्षक सरुवा गर्ने बहानामा शिक्षा क्षेत्रमा आफ्नो हैकम जमाउन खोजेको भएपनि स्थानिय अभिभावक,बिधार्थी र शिक्षासंग सरोकार राख्ने बुद्धिजिवीहरुको चर्को दवाव पछि ती स्थानिय तहहरुले निर्णयबाट पछि हट्नु परेको उदाहरण स्थापित भएका छन।

यस अघि पनि कञ्चन गाउपालिका वार्ड नं। ४ मा रहेको रुद्रपुर माध्यमिक बिधालयमा रिक्त गणित शिक्षकको सरुवाको सम्बन्धमा गाउपालिकाको आफ्नो राजनैतिक आस्थाका शिक्षकलाई सरुवा गराई रुद्रपुर माधयमिक बिधालयमा हाजिर गराउने गलत नियतका कारण बिधालय ब्यबस्थापन समितिले सहमती दिएको सरुवा भई आउने शिक्षकको करिब १० महिनासम्म सहमती पत्र नदिई रोकेको र पछि जिल्लान्तर सरुवा रोकिएपछि रुद्रपुर माध्यमिक बिधालयले माध्यमिक तहको स्थाई दरबन्दीको रिक्त गणित बिषयको शिक्षकमा करारमा अस्थाई शिक्षक राख्न बाध्य भएको थियो । यसैगरी गजेडी माध्यमिक बिधालयमा पनि राजनैतिक दाउपेचकै कारण लामो समयसम्म प्रधानाध्यापक नियुक्ती प्रक्रियामा शिक्षकले अदालत धाउनु परेको थियो । सरुवा गर्नु पुर्व सम्बन्धित ब्यक्तिलाई कुनै जानकारी नगराइएको र बिधालय ब्यबस्थापन समितिको निर्णय बिना शिक्षकलाई सरुवा गरिनु प्रचलित शिक्षा ऐन र नियामवली बिपरीत भएको भन्दै नेपाली कांग्रेस कञ्चन गाउ कार्यसमितिले हिजो बिरोध स्वरुप प्रेस बिज्ञप्ती जारी गरेको थियो ।