खोलाहरु समुदाय लाई हस्तान्तरण गर्न गाउँपालिकामा छलफल

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली- साउन २७, सिसहनिया । देउखुरी दाङ ,राप्ती गाउँपालिकाका केहि नदि तथा खोलाहरुलाई समुदायमा हस्तान्तरण गरि संरक्षण गर्ने बारेमा छलफल गरिएको छ ।मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रको आयोजनामा केहि दिन अगाबै दोलाई खोलामा जैविक विविधता संरक्षणका लागि स्थानिय समुदायसंग परामर्श बैठक सम्पन्न भएको थियो ।

जैविक विविधता संरक्षण गर्ने उदेश्यका साथ खोलाहरु सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि वढाईएको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको छलफलमा संस्था र राप्ती गाउँपालिकाको समन्वयमा दोलाई खोलामा असुरक्षित माछा मार्ने कार्यको पुर्ण रुपले रोग लगाउदै जलीय जैविक जीवको संरक्षण गर्ने निर्णय समेत गरिएको छ । छलफलमा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले आगामी दिनमा गाउँपालिकाले यस विषयमा गाउँपालिकाको रातो कितावमा समेत उल्लेख गरेर कार्य गर्ने बताउनु भएको छ ।
परम्परागत रुपमा पानीको प्रयोग र पानीमा वस्ने जिवजन्तुको पनि परम्परागतै रुपमा प्रयोग तथा संरक्षण आजको आवस्यकता रहेको उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बताउनु भएको छ ।

राप्ती गाउँपालिका क्षेत्रमा असंख्य खोला, नदि तथा कुला कुन्टाहरु प्रसस्त भएको कारण यस क्षेत्र प्राकृतिक रुपमा माछा तथा जलिय जैविक विविधताको राम्रो क्षेत्र रहेकोले स्थानिय नागरिकहरुलाई संरक्षणको जिम्मा दिदा प्रभावकारी हुने छलफलमा सहभागी वडा नं ७ का वडा अध्यक्ष तथा प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ । देउखुरी क्षेत्रका सम्पुर्ण पालिका क्षेत्रमा रहेको नदि, खोलामा जलीय जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदि तथा खोलाहरु सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको मानव कल्याणका कार्यक्रम प्रबन्धक प्रदिप मजगैयाँले बताउनु भयो “यो अभियान हो पहिलो चरण मा राप्ती ५ दोलाई खोलाको ७ किलोमिटर क्षेत्र मग्र जलिय जैबिक विविधता संरक्षण समूह मार्फत समुदायमा हस्तान्तरण गर्ने योजना छ ” । राप्ती गाउँपालिकाले २०७५ सालमा जलचर एब जलीय जैविक विविधता संरक्षण ऐन पास गरि समुदायले संरक्षण गरेको नदि समुदाय लाई भोगाधिकार दिन सकिने ब्यबस्था गरेको छ ।

देउखुरी क्षेत्रका सम्पुर्ण पालिका क्षेत्रमा रहेको नदि, खोलामा जैविक विविधता संरक्षणको अभियानमा रहेको मानव कल्याण तथा बातावरण संरक्षण केन्द्रले पछिल्लो समय धेरै नदि तथा खोलाहरु सामुदाय लाई हस्तान्तरण गर्ने प्रकृया अगाडि बढाएको समेत फिल्ड संयोजक राम मोती चौधरीले जानकारी दिनु भएको छ । संस्थाले राप्ती नदीको जलिय जैबिक विविधताका चुनौतीहरुलई न्युनिकरण गर्ने दिगो तरीकाले माछाको उपयोग गरी बिनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्नका लागी देउखुरी उपत्यकाका विभिन्न पालिकामा ९ वटा समुह समेत गठन गरि संरक्षणको अभियानलाई तिब्रता दिदै आएको समेत फिल्ड संयोजक राम मोती चौधरीले जानकारी दिनु भएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कृषि अधिकृत, शाखा अधिकृत, पशु पंक्षि तथा मत्स्य सेवा प्राविधिक, पत्रकार, जनप्रतिनिधिहरुको सहभागीता रहेको सो छलफल बाट गरिएको निर्णय लाई आगामी गाउँसभामा समेत ब्यापक छलफलमा लैजाने निर्णय गरिएको छ ।