बढ्यो छहरा खोलाको सुन्दरता,आन्तरिक पर्यटकको घुँईचो।

प्रकाशित मिति:

दिपेन्द्र खत्री- अर्घाखाँची जिल्लाका छ वटा स्थानीय तह मध्य मालारानी गाउँपालीका पनि एक हो,जस गाँउपालीका मा रहेको छहरा यतीबेला पर्यटकिय गन्तब्य बन्दै गएको छ।उक्त छहरा जिल्लाको मालारानी गाउँपालीका वडा नम्वरस्२ मा अबस्थित छ। बर्खा यामको समयमा झरी परीरहेको छ । साना-साना खोला नालाको वहाव बढेको छ । गाउँको हरेक ठाउँमा सबैतिर हरियाली छाएको छ , स-साना छहरा पनि यति वेला छङछङ गर्दै बग्ने गरेका छन, । यस्ता मनमोहक दृश्यावलोकन गर्न जो कोही पनि लालायित हुन्छन् । यसैको उदाहरण बनेको हो छहरा खोला । पहाडको बिचभागबाट लहराई रहेको यो छहराले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ । सम्भावनाले भरिपुर्ण यो स्थान मा अहिले आन्तरिक पर्यटन को घुईचो लागेको छ। उक्त छहरामा आज भन्दा तीन चार वर्ष पहिला धेरै मानीसले आत्म हत्या सम्म गरेको भएकाले पनि यतिबेला धेरैको ध्यान यसले तानेको हो । मालारानी गाँउपालीकाको कार्यलय देखि दुई पाङग्रेमा हँुइकिएर जाँदा कम्तिमा ४५ मिनेटमा यस स्थनमा पुग्न सकिन्छ ।

यतिबेला त्यस स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । उनीहरु छहरासँगै फोटो खिच्न व्यस्त रहन्छन् । त्यहि भिडमा थिए, मालारानी गाउँपालीका वडा नः–२ का उमेश पछाई। ‘निकै आर्कषक छहरा छ,’ उनले भने यश छहरा खोलामा धेरै मानीसले आत्म हत्या सम्म गरे,तर यश स्थानमा आन्तरिक पर्यटक हरु नाईट क्याम्प मा आउने र यहि रमाईलो पनि गर्दछन।तर यश स्थान सम्म आउन मोटर बाटोको सुबिधा भने राम्रो छैन,यस्मा सम्वन्धित निकायले ध्यान दिन जरुरी छ। उनीमात्र होइन सन्धिखर्क नगरपालीका,नैलापानीका बसन्त के,सी पनि फोटो खिच्न व्यस्त थिए । उनले भने यश सुन्दर छहरा बारे कतिपय जिल्ला भित्रकै नागरीक लाई थाहा छैन,त्यस्को लागि प्रचारप्रसार को कमी रहेको र यसमा सम्बन्धि निकायले समयमै ध्यान दिनुपर्ने र खोलामा आवत जावत गर्न गाह्रो पर्ने भएकोले पुलको पनि व्यवस्थापन गर्न सके पर्यटकीय स्थलका रुपमा यसलाई विकास गर्न सकिने बताए ।

त्यहि छहरा नजीक गरु,गाई,बाख्रा लिएर आएकी स्थानीय वासिन्दा भन्छिन,बर्खायाममा मात्र नभई हिउदको समयमा पनि यसलाई सदावहार देख्न सकिन्छ ।यहाँ यश समयमा आन्तरिक तथा बाह्य पर्यटकहरुको पनि घुइँचो लाग्ने बताइन् । तर यश छहरा अवलोकन गर्न आउने पर्यटक लाई बाटो सुबिधा निकै जोखिम रहेको र उक्त छहरा नजिकै खाजा नास्ताको व्यवस्थापनका लागि होटल सञ्चालन नभएको बताईन।