कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्छ : महामन्त्री कोइराला

२७ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका छन्। मंगलबार आफ्नै निवास महाराजगञ्जमा आयोजित ‘पार्टी प्रवेश’ कार्यक्रममा उनले कांग्रेसलाई युवाको पार्टी बनाउनुपर्ने बताएका हुन्। महामन्त्री कोइरालाले भने कांग्रेसमा युवा प्रवेश गरेर पार्टीमा नयाँ ऊर्जा थपिएको छ, यो ऊर्जालाई खेर जान दिनु हुँदैन।

मुलुकलाई राजनीतिक, आर्थिक र विकासको दृष्टिकोणले सक्षम बनाउन कांग्रेसको विजयी आवश्यक रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा अविश्वास जागेको बताए। उनले अन्याय र अत्याचारको विरुद्धमा युवाले आवाज उठाउनुपर्ने बेला आएको पनि बताए।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे, जीवन परियार, कांग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपाने, कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्कालगायतको सहभागिता रहेको थियो। सोही अवसरमा रामेछाप दोरम्बा गाउँका करिब तीन दर्जन युवा विभिन्न पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। नवप्रवेशीलाई महामन्त्री कोइरालाले माला, खादाद्वारा सम्मान गरेका थिए।@अन्नपुर्णपोष्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण