निहारिका फिल्मस् को नाच मजाले तीज गीत बजारमा

प्रकाशित मिति:

इज्जत कँडेल, बुटवल,  निहारीका फिल्मस प्रा.लीले नया नाच्न मिल्ने खालको तीज गीत बजारमा ल्याएको छ । नाच मजाले नामक गीत निहारीका फिल्मसकै प्रस्तुति हो भने यो गितलाई दीपक श्रेष्ठले निर्देशन गरेका छन र छायांकन अनि सम्पादनको जिम्मा योगेश शाक्यले पूरा गरेका छन । सम्झना भन्डारी र सुरज पान्डेको आवाजमा सजिएको उक्त गीतमा शब्द अनि सङ्गीतले सजाउने काम चर्चित लोकगायक एबम् सङ्गितकार राजेन्द्र कंडेलले गर्नुभएको छ ।

काठमाडौको स्टुडियो मालाश्रीमा रेकर्ड भएको उक्त गीतलाई बुटवलमा छायांकन गरिएको हो । तीज एकदमै नजिकिदै गर्दा बनाईएको उक्त गीतमा कलाकारहरु क्रमश मोहन गुरुङ् , सनु थापा मगर , झलक राना ,स्मृति परियार , खुशी गुरूङ र रोशनी गुरुङ्ग को दमदार नृत्य हेर्न पाईन्छ । कोरियोग्राफी को काम सनु थापा मगर ले गर्नु भएको छ भने कलाकारलाई सजाएर राम्रो बनाउने जिम्मा दिपा चौधरीले पूरा गरेकी हुन । आउँदै गरेको महिलाहरुको महान चाड तीज को सबै नेपाली हरुलाई शुभकामना दिदै निहारीका फिल्मसले उक्त गीत बजारमा सबै श्रोता सामु पस्केको छ । सम्पुर्ण टिम लाई सफलता को शुभकामना !