उवासंघले औद्योगिक क्षेत्र विकासका सम्बन्धमा ध्यानआर्कषण गरायो

२७ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
साउन २७ गते
नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले विभिन्न मांग सहित उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब भण्डारीले मन्त्रि लेखराज भट्ट र उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई कार्यकक्षमा भेटी कोभिड–१९ ले उद्योग व्यवसाय क्षेत्रमा परेको प्रभाव एवं औद्योगिक क्षेत्र विकासको लागि स्थलगत रुपमा सम्भाव्यता अध्ययन गर्न ध्यानाकर्षण गराउनु भएको छ ।
पश्चिम नवलपरासीलाई औद्योगिक जिल्लाको रुपमा परिचित गराउदै महेशपुर प्रमुख भंसार, नजिकको अन्तर्राष्ट्रिय विमान स्थल, यातायात, विद्युत, संचार लगायत अधिकांस सुविधाले गर्दा औद्योगिक विकासको गति तिव्र रहेको नवलपरासीमा राष्ट्रिय स्तरका एवं अत्यधिक संख्यामा अन्य ठूला, मझौला उद्योगहरु स्थापन भई संचालनमा रहेको र स्थापना हुने क्रम बढ्दै गएको साथै रुपन्देहीको लुम्विनी र आसपासका क्षेत्र विश्व स्तरीय पर्यटकीय क्षेत्रको रुपमा पूर्वाधार सहितको तिब्र विकास भैरहेको अवस्थामा त्याहां सञ्चालित रहेका कल कारखानाहरु विस्थापित भई यसै क्षेत्रमा आउने क्रम रहेकोले भैरहवा–भुमही सडक खण्ड यसै गरी महेशपुर–परासी–सुनवल सडक खण्ड र साथै सुनवल नगरपालिकाको सुनवल देखी ज्यामिरे सम्म पूर्व पश्चिम राजमार्गको दक्षिण तर्फको १ हजार विघा जग्गालाई राष्ट्रिय वनको भोकाधिकार लिने गरी पश्चिम नवलपरासीलाई औद्योगिक हवको रुपमा विकास गर्न तत्काल सम्भाव्यता अध्ययनका लागि आग्रह गर्नु भएको छ ।


यसै गरी पूर्व पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत सुनवल देखी नारायणगढ खण्डको राजमार्गमा हजारौं ठाउमा खाल्टा खुल्टीले गर्दा निरन्तर दुर्घटना भइरहने, जस्ले गर्दा जन, धनको क्षति हुनुको साथै २ घण्टा लाग्ने सडक खण्डमा हाल ४ घण्टा सम्म अमूल्य समय खर्चिने भएको हुंदा उक्त सडकलाई यथा सिघ्र मर्मत गराउन आवश्यक पहलको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेवाडलाई निजी क्षेत्र उद्योग वाणिज्य संघ नवलरासीका अध्यक्ष भण्डारीवाट ध्यानाकर्षण गराईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा