पत्रकार महासंघद्वारा अनुगमन समिति गठन

२७ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


रवि पाण्डेय
परासी – नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले जिल्लाका संचारमाध्यम तथा त्यहाँ कार्यरत श्रमजिवीहरुको अवस्था बारे जानकारी लिन अनुगमन समिति गठन गरेको छ । शाखाका अध्यक्ष हरि शर्माको संयोजकत्वमा महासंघले ७ सदस्सीय समिति गठन गरेको हो ।
समितिमा महिला उपाध्यक्ष मालती न्यौपाने कार्य समिति सदस्यहरु प्रकाश न्यौपाने, बेणीमाधब बस्याल, श्याम थापालगायत रहनुभएको छ ।
महासंघले कोरोना संक्रमण र त्यसबाट भएको लकडाउनको अविधमा जिल्लामा रहेका संचारमाध्यम तथा त्यहाँ कार्यरत श्रमजिवीहरुको रोजगारीको अवस्था बारे जानकारी लिनका लागि समिति गठन गरेको हो ।
सात सदस्सीय सो समितिले अनुगमन पछि प्रतिबेदन समेत बनाई सो जानकारी सम्बन्धित तहमा दिने अध्यक्ष शर्माले बताउनुभयो ।
त्यस्तै बैठकले बिधान बमोजिम सदस्यता नवीकरण गर्न सिफारिस गरेको सचिव राजकुमार रेश्मीले जानकारी दिनुभयो । महासंघले यसबर्ष जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरुका सदस्यता नवीकरणको सिफारिस नगरेको महासंघले जनाएको छ । त्यस्तै बैठकले गतबर्षको समिक्षा तथा आगामी कार्यक्रमहरु समेत तय गरेको छ ।
बैठकले गतबर्ष कार्यक्रम प्रदान गर्ने सबै स्थानीय तह संघसंस्था एंव ब्यक्तिलाई धन्यवाद ज्ञापन गरेको बताइएको छ । बैठकले आर्थिक बर्ष २०७६÷०७७ को आर्थिक हरहिसाव अनुमोदन गरेको अध्यक्ष शर्माले बताउनुभयो । महासंघमा ५ लाख १६ हजार २ सय रुपैया वचत रहेको कोषाध्यक्ष रवि पाण्डेयले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण