सुनवलमा आज देखी भर्चुअल युवा सम्मेलन

प्रकाशित मिति:

मोहन पौडेल
परासी, २७ साउन । पश्चिम नवलपरासीको सुनवलमा आजदेखि पहिलो पटक सुनवल युवा सम्मेलन शुरु भएको छ । विश्व युवा दिवसकोे अवसरमा कोरोना भाईरसको जोखिमका कारण भर्चुअल माध्यमबाट युवा सम्मेलन आयोजना गरिएको हो ।
वेदःसिर्जनशिल संस्थाको आयोजना, सुनवल नगरपालिकाको सहकार्य एवं बिभिन्न संघसंस्थाहरुको सहकार्य तथा सहआयोजना रहेको युवा सम्मेलन आज र भोली गरी दुई दिन सञ्चालन हुने संस्थाकी अध्यक्ष रोशनी रानाले जानकारी दिनुभयो ।
सम्मेलनमा सुनवल नगरपालिका भित्रका सबै वडाबाट १८ देखि ३० वर्षभित्रका युवाहरुलाई समावेश गरिएको छ । सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरुले उद्यमशिलता, युवा बिकास,  राजनीतिमा युवाको भूमिका, नीति निर्माणमा युवाको भूमिका, सुरक्षित इन्टरनेट, हिंसा न्युनिकरणमा युवाको भूमिका, दीगो बिकास लक्ष्य प्राप्तिमा युवाको भूमिका लगायतका विषयमा कार्यपत्र पेश एवं छलफल हुने कार्यक्रम संयोजक युवराज न्यौपानेले बताउनुभयो । सम्मेलनले सुनवल घोषणा पत्र २०२० जारी गरी नगरपालिकालगायत सम्बन्धित निकायमा हस्तान्तरण पनि गर्नेछ ।
युवाहरूलाई प्रविधिको बारेमा सचेत बनाउन,  राजनीतिमायुवाको अवसर र भुमिकाबारे चर्चा गर्न,  खेलकुदमा युवाहरूको भुमिकाबारे जानकारी गराउन, नीति निर्माणमा युवाको भुमिका, युवाहरूलाई उद्यमी बन्न प्रेरणा दिन र युवाहरूको समस्या स्थानीय तह सम्म पु¥याउन सम्मेलन सफल हुने अभियान्ता कृष्ण पाण्डेले बताउनुभयो ।