बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको निधन

प्रकाशित मिति:

साउन २८  बुटवल ,बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

विशेष उपचार कक्ष आईसियुमा उपचार भैरहेको उनिहरुको गत राती १ बजे निधन भएको हो । निधन भएकाहरु दुबैजना कपिलवस्तुका पुरुषहरु हुन । उनिहरुमध्य एकजनाको कोरोना पोजेटिभकै कारण निधन भएको पुष्टि भएको छ भने अर्का पुरुषको रिपोर्ट आईनसकेको अस्पतालले जनाएको छ । प्रदेश ५ मा कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ भने झन्डै ५ हजार संक्रमित पुगेका छन ।@onkhabar