हराईरहेका कान्तिपुरका सहायक–सम्पादक बानियाँ मृत फेला

२८ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ — दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको दुस्खद निधन भएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन । बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी सम्पर्कमा थिएनन् । कोभिड-१९ को संक्रमणका कारण कान्तिपुरका अधिकांश सम्पादकीय कार्य घरबाट भइरहेका छन् ।बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु